OnlinePana

आज : २०८१ माघ ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २५, २०८१सुर्खेत
५७ पटक

२५ कार्तिक २०८१, आईतबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कालीकोट जीप दुर्घटनाका घाईतेहरुको उपचार प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।

दुर्घटना भएलगत्तै नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएका घाईतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुग्नुभएका मुख्यमन्त्री कँडेलले उनीहरुको उपचार कार्य शीघ्र र प्रभावकारी बनाउन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “थप मानवीय क्षति हुन नदिने गरी उपचारमा ध्यान चिकित्सकहरुलाई अनुरोध गर्दछु । सरकारले आवश्यक सहयोग गर्छ ।”

आज दिउँसो कालीकोट जिल्लाको पलाँता गाउँपलिका ५ स्थित खिनदेखि थिर्पुअर्फ जाँदै गरेको क ००१.ज.५६ नम्बरको बोलेरो जीप सोही गाउँपालिकाको वडा नं. ३ को राडुनेटा भन्ने स्थान दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी पलाता गाउँपालिका ६ का दशकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही, सोही पालिकाका ५ का छाया शाही र वडानं. ३ का दमन रोकाया घटनास्थल र उपचारको क्रममा चालक धनिराम रावतको सुर्खेतमा मृत्युु भएको जनाइएको छ ।

घाईते १२ जनाको उपचार भईरहेको कर्णाली प्रदेश अस्पताल सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्