

जुम्ला, असोज १८ गते । जुम्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले आफु प्रमुख जिल्ला अधिकारीको पदमा हाजिर भएपछि सरोकारवाला निकाय जिल्लाको वस्तुस्थिति र गर्नुपर्ने कामको बिषयमा सुझाव लिईरहेको समयमा पत्रकार भेट गरेर जिल्लाको बस्तुस्थिति वुझ्नु भएको छ ।
प्रजिअ शाहीले पत्रकार भेटघाटमा जिल्लामा सिडियोले गर्न कामको अपेक्षा सहितको सुझाव माग्नु भएपछि पत्रकारहरुले सुझाव दिएका हुन् । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले बढ्दो लागु औषधको नियन्त्रण गर्न सचेतना सँगै प्रहरीको माग अनुसार लागु औषध नियन्त्रणका लागि परीक्षण किट र मेशिन सहित राख्नुपर्ने, महंगी खास के कस्तो अवस्थामा छ अध्ययन टोली बनाउनुपर्ने, सवारीमा ज्येष्ठ नागरिक, अपांगता र महिला सिट र छुटको व्यवस्थामा जोड दिनुपर्ने, हवाई यातायातमा सजिलो टिकट व्यवस्थाको कार्यान्वयन गरिनुपर्ने, जिल्ला प्रशासन सहित सरकारी कार्यालयमा सूचना प्रवाहमा सजिलो र हरेक ३ महिनामा प्रगति समिक्षाका कार्यक्रमहरु गरिनुपर्ने सुझाव दिनुभयो । अध्यक्ष शाहीले विपतमा प्रशासनको काम थप क्रियाशिल हुनुपर्ने, जुम्ला सदरमुकामको मुटुमा रहेको जुगाडखोला सुरक्षित गर्न वहश चलाईनुपर्ने, सदरमुकाममा सिसि क्यामरा राख्न समन्वय गर्नुपर्ने, कर्णाली प्रतिष्ठानको स्वास्थ्य सेवा प्रवाहका विषयमा अनुगमन गर्नेमा जोड दिन सुझाव दिनुभयो ।
पत्रकार महासंघका उपाध्यक्ष दिलमाया शाहीले जिल्लामा महिला तथा वालवालिकाका मुद्दाहरु सजिलै दर्ता हुने थप बातावरण गरिनुपर्ने, ठूला मालवाह गाडिहरु मुख्य बजारमा ५ बजे पछि मात्रै भित्रिनुपर्ने, मालपोत र नापी कार्यालय अपाईक स्थापनामा भएकाले ज्येष्ठ नागरिक र अपांगता भएकादाई सहज हुने तरिकाले कार्यालय हुनुपर्ने सुझाव दिनभयो ।
पत्रकार कर्णबहादुर भण्डारीले महंगीले नागरिकलाई सताएको हुदा यस बिषयमा गम्भिर रुपमा लाग्न आग्रह गर्नुभयो । पत्रकार गोरखबहादुर थापाले जिल्लामा लागु औषधको अवस्था के छ, सरकारी अनुसन्धानले के गरेको छ, सोही अनुसार अगाडि बढ्न समेत अनुरोध गर्नुभयो । पत्रकार डिवि वुढाले सूचना अधिकारीलाई तालिम दिईनुपर्ने, सवै कार्यालयले सरकारी तथ्यांक राख्नुपर्ने अवस्थाको सहजीकरण गर्न अनुरोध गर्नुभयो ।
पत्रकार महासंघका सचिव मानदत्त रावलले सदरमुकाममा भएका साना साना खाल्डा र सरियाले हैरान बनाएकाले निर्माण गर्न आवश्यक रहेको छ । उहाँले कान्जिरोवामा नक्कली प्रहरीको सवालभित्र पनि अर्को घटना लुकेको भन्ने बिषयमा केहो वुझ्नुपर्ने सुझाव दिनुभयो ।
पत्रकाहरुले जुँवातास नियन्त्रण, विपतमा थप सक्रियता, सहज नागरिकताका सवाल, सहित विभिन्न सवालका विषयमा सुझाव दिएका थिए । प्रमुख जिल्ला अधिकारी शाहीले पत्रकारका सुझाव जिज्ञासा मेटाउदै गहिरो थप अध्ययन गरि काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले सत्य सुचना र सूझावलाई आधार बनाई काम गर्ने बताउदै जिल्लामा समसामयिक सवालमा सवै मिलेर साझा रुपमा अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले विकास निर्माण, शुसासनमा मिडियाले प्रशासनलाई साथ दिने अपेक्षा गरिएको जनाउनुभयो ।