OnlinePana

आज : २०८१ बैशाख २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पूर्ण चौलागाईजेठ ८, २०७७जुम्ला,
८१२ पटक

जुम्ला जेठ ८ गते । मानवजातिलाई नै चुनौति दिने गरि महामारीको रुपमा फैलिएको कोभिड १९ ( कोरोना भाईरस) रोकथाममा अहिले स्थानीय सरकार जुटिरहेको छ । स्थानीय सरकार अहिले जनताको सवैभन्दा नजिक गएर काम गरिरहेको छ । कोरपाटी अनलाईनले जुम्लाको सिञ्जा गाउँपालिकाले के के काम गरेको छ । सो बिषयमा हामीले सिञ्जा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावल र निमित्त प्रमुख प्रशासकीय अधिकृत एकराज चौलागाई सँग समन्वय गरि यस जोखिमको घडिमा जानकारी लिएका छौ ।
गाउँपालिकाले रु एक करोड .नौ हजारको बिपत व्यवस्थापन कोष स्थापना गरेर काम गरिरहेकोे गाउँपालिका अध्यक्ष देवलसिंह रावलले जानकारी दिनुभयो ।
उहाँका अनुसार चार हजार मास्क स्थानीय नागरिकलाई घरदैलो अभियान गरि बाडिएको छ । यसगरी सेनिटाईजर, सावुन समेत बाडिएको छ । पालिकालाई आवश्यक पर्ने ६ वटा थर्मोगन खरिद गरिएको छ ।
गाउँपालिकाले खाद्य बैंक स्थापना गरि ८०० क्न्टिल चामल, बिपन्न बर्गलाई प्रतिघरधुरी १० पोका नून बाड्ने तयारीका साथ जम्मा गरेको छ । गाउँपालिकाले ५५ वेडको क्वारेन्टाईन स्थापन गरेको छ । वडा नम्बर १ को सिञ्जा बहुमुखी क्याम्पस, वडा नम्बर ३ को कृषि भवन र वडानम्बर ५ को स्वास्थ्य चौकी, वडा नम्बर ६ को जोडु माध्यामिक विद्यालय र वडा नम्बर ४ को स्वास्थ्य क्लिनिमा क्वारेन्टाईन स्थापना गरिएको छ । तर पछिल्लो समय ५ जना भारतबाट आएकालाई जिल्लाको एकिकृत क्वारेन्टाईन सदरमुकाममा पठाएको गाउँपालिकाले जनाएको छ ।
यसैगरी प्लान नेपाल र किडाक नेपालको साझेदारी सहयोगमा र गाउँपालिकाको समन्वयमा रु १३ लाख ७८ हजार ६५० रुपैया नगद रुपैया बाडिएको छ । यसैगरी अव जिल्ला बाहिरबाट आउनेलाई स्टिक्ली क्वारेन्टाईनमा राखेर जाँच गर्ने योजना रहेको छ । कारोना रोकथाममा जिल्लाका लागि जिल्ला विपत व्यवस्थापन समिति र अन्य स्थानीय तहसँग समन्वय गर्न आवश्यक रहेको छ ।
सिञ्जा गाउँपालिका स्वास्थ्य संयोजक नरबहादुर रावतका अनुसार यहाँका २५७ जनाको पिसिआर स्वास्थ्य परीक्षण गर्न सहजीकरण गरिएको छ । चैतको १२ गते देखी करिब ७ सय जनाको स्वास्थ्य सामान्य स्वास्थ्य जाँच गरिएको छ । जसमध्य ३३ जना क्वारेन्टाईनमा रहेकाको जाँच गरिएको छ । यसैगरी ४ जनालाई आरडिटी परीक्षण गरिएको हो ।

प्रतिकृया दिनुहोस्