

भदौ २२ गते । निजामति दिवसको अवसरमा विरामीलाई हर्लिक्स बितरण गरिएको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका बिरामीलाई हर्लिक्स बितरण गरेर मनाएको छ ।
संगठनका केन्द्रीय सदस्य मुनबहादुर रावल, प्रदेश अध्यक्ष देवेश्वर गिरी, जिल्ला अध्यक्ष मिलन वुढ्थापा, पूर्वध्यक्ष नवराज देवकोटा सहितका कर्मचारी नेताहरुको उपस्थितिमा अस्पतालका ७० बढि विरामीलाई हर्लिक्स वितरण गरिएको हो । हर्लिक्स पाएपछि विरामीहरु खुशी भएका छन् ।
कर्णाली प्रदेश अध्यक्ष देवश्वर गिरीले अस्पतालमा भेटघाटको पनि माध्याम हुने र अन्य भन्दा फलफुल कार्यक्रमनै महत्वपूर्ण होला भन्ने उद्देश्यका साथ हर्लिक्स वितरण कार्यक्रम आयोजना गरिएको छ । जिल्लाध्यक्ष मिलन बुढ्थापा अनुसार फजुल खर्च भन्दा विरामीलाई सानो सहयोग राम्रो हुने भएकाले आकस्मिक कार्यक्रमको आयोजना गरिएकोमा जोड दिनुभयो । नेराकसले हरेक बर्ष विभिन्न कार्यक्रम गरि मनाउदै आएको छ ।