OnlinePana

आज : २०८१ माघ ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,भाद्र १४, २०८१जुम्ला,
३६२ पटक

भदौ १४ गते । जिल्ला प्रहरी कार्यालय जुम्लाले लागु औषध विरुद्धको अभियान अन्तरगत लागु औषध प्रयोगकर्ताहरुलाई परीक्षण गर्ने भएको छ ।
प्रहरीले अगाडि सारेको योजना अनुसार जिल्ला प्रहरी कार्यालय जुम्ला र एशिया ईन्टरनेश्नल स्कुल जुम्लाले बृहत ¥याली सहितको जनचेतनामुलक कार्यक्रम गरेर ५० वटा किट हस्तान्तरण गरेको हो । विद्यालयका संस्थापक मनोज बुढाथोकी मगरले ४० वटा लागु औषध र १० वटा अन्य परीक्षणका लागि ५० वटा किट हस्तान्तरण गरिएको जानकारी दिनुभयो । सो विद्यालयका वालवालिकाले प्रमुख जिल्ला अधिकारी जय प्रसाद घिमिरे र प्रहरी नायव उपरीक्षक छेदिलाल कामतिलाई सो किट हस्तान्तरण गरिएको छ ।

जुम्लामा लागु औषध दुव्र्यसनी प्रयोगकर्ता बढिरहेको समयमा यसरी पहिलो पटक किट ल्याएर नमूना काम गरेकोमा धन्यवाद ज्ञापन गरेका छन् । प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले सामाजिक काममा राज्यलाई सहयोग गर्ने नमूना काम गरेकोमा एशिया स्कुलका विद्यार्थी र सम्पूर्ण परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँका अनुसार सामाजिक चेतना अभावका कारण लागु औषध जस्ता विकृति बढिरहेको समयमा सवैको सहयोग आवश्यकता रहेको बताउदै घर परिपरिवारमा शान्ति ल्याउन समाजका विकृति हटाउने काम महत्वपूर्ण रहेको बताउनुभयो ।

प्रहरी नायव उपरीक्षक क्षेदिलाल कामतिले प्रहरीको लागु औषध दुरउपयोग विरुद्धको अभियान अन्तरगत लागु औषध किट मार्फत परीक्षण शुरु गर्नका लागि जुम्लामा पहिलो पटक किट हस्तान्तरण गरेकोमा एशिया स्कुललाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले अव स्थानीय सरकार, विद्यालय र सामाजिक संस्थाले पनि यस्ता काममा सहयोग पुरयाउन अपिल गर्नुभयो । उहाँले जुम्ला प्रहरीले लागु औषध विरुद्धको विभिन्न जनचेतना कामहरु गर्दै आएको र एशिया स्कुलले प्रदान गरेको लागु औषध विरुद्धको किट सदुउपयोग गरि परीक्षण गरिनेमा जोड दिनुभयो ।
नेपाल मजदुर किसान पार्टीका प्रदेस सदस्य नेता शिवलाल डाँगीले लागु औषध विरुद्धको हरेक प्रकारका अभियानमा आफ्नो पार्टी तयार भएको बताउदै यो अभियानमा नेमकिपामा सहयोग हुने प्रतिवद्धता जनाउनु भएको थियो । किट हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति कार्मा बुढा, नेकपा एमालेका जिल्ला अध्यक्ष शान्तिलाल महत, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नवराज न्यौपाने, राप्रपाका नेता मनसुर सुनार, नेपाल कम्यूनिष्ट पार्टीर्का इन्चार्ज विर्खबहादुर शाही सहितका नेताहरुको किट वितरण कार्यक्रमका उपस्थिति रहेको थियो ।

लागु औषध विरुद्ध एशियाका शिक्षक र विद्यार्थी सड्कमा :
यसैगरी लागु औषध विरुद्धको अभियानलाई साथ दिदै जिल्ला प्रहरी कार्यालय सँगको साझेदारीमा ¥याली कार्यक्रम समेत सम्पन्न गरिएको छ । जुम्ला सदरमुकामको मुख्य बजारबाट शुरु भएका ¥याली चन्दननाथ मन्दिर वसपार्क, विजयनगर, चन्दननाथ, जुगाडखोला, वालमन्दिर हुदै एशिया स्कुलमा पुगेको थियो । ¥यालीमा हामीलाई बचाऔ, लागु औषध बन्द गरौ लगायतका नारा सहित बजार परिकर्मा गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, प्रहरी नायव उपरीक्षक क्षेदिलला कामति सहित सुरक्षाकर्मी, राजनैतिकदलका नेतृत्व, नेपाल पत्रकार महासंघ अध्यक्ष नेत्रबहादुर शाही सहित पत्रकारहरु र सरोकारवाला निकायको उपस्थिति भएको थियो ।

 

प्रतिकृया दिनुहोस्