OnlinePana

आज : २०८१ माघ १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ११, २०८१जुम्ला,
३४७ पटक

भदौ ११ गते । गत साउन महिनाका १८ गते चीनको व्यापार मेलामा जादै गर्दा जुम्लाका एक जना हराएका छन् । जुम्ला गुठिचौर गाउँपालिका वडा नम्बर १ निवासी ३८ गते गणेश लामा हराएका जानकारी गरिएको छ ।

गुठिचौर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष अर्जुन कुमार महताराका अनुसार तिब्बतमा १२ बर्ष पछि लाग्ने ब्यापार मेलाका लागि गएका २ जना २८ गणेश लामा र ४५ बर्षिय सिंह महतारा मध्यका गणेश लामा हराएका र उनको अवस्थाका बिषयमा २४ दिनमा पनि सरकारको चासो नभएको गुनासो पोख्नुभयो ।

वडाध्यक्ष महताराले जिल्ला सदरमुकाम जुम्लामा पत्रकार भेटघाट गर्दै आफ्नो वडाको नागरिक हराएको धेरै दिन भईसकेकाले प्रथामिकताका साथ खोजी गरेर अगाडि बढ्न अनुरोध छ । वडाध्यक्ष महताराका अनुसार सो तिब्बतको व्यापार मेलामा जादै गर्दा २ जना सँगै गएका र अगाडि हिडरहेका गणेश लामालाई बनमान्छे (हिम मान्छे) जस्तोले समातेर च्यापेको र आफु भागेर ३ घण्टा समय पछि तिब्बतको एक भेडिगोठमा बच्न सफल भएको छ । वडाध्यक्ष महताराले २४ दिन भईसक्दा पनि वेपत्ता भएका गणेश लामाको बिषयामा अहिले कुन अवस्थामा छन् । नेपाल सरकारले चाडो खोजी गर्न अपिल गर्नु भयो ।

उहाँको खोजीको बिषय हाम्रो सिमा भन्दा टाढाको भएकाले राज्य लाग्नुपर्ने अवस्था देखियो । ब्यापार मेलाका लागि डोल्पाका नागरिकहरु जानका लागि पास दिएको तर गणेश लामा सँग पास नभएको र अर्को बाटोबाट जादै गर्दा डोल्पाको मोरिल्ला नाकाबाट चिनको तल्लो छुंग्रामा उनि हराएका सिंह महताराले जनाएका छन् । अध्यक्ष अर्जुन महताराका अनुसार सिंह तिब्बतको भेडाको गोठमा पुगेका र भोलिपल्ट उहाँ चाईनिज प्रहरी सहितको टिम घटनस्थलमा पुगेर खोजी गर्दा पनि पाईएन । तिब्बतको सिमानमा जादै गर्दा हराएका उनि सँगै गएका सिंह महताराले आफुहरु दुई जना गईरहेको समयमा कालो मान्छेले गणेश लामालाई नियन्त्रणमा लिएको थियो ।

यता डोल्पा प्रशासनले भने गणेश लामाको खोजी कार्यका लागि साउन २१ गते परराष्ट मन्त्रालयमा पत्राचार गरिएको जानकारी दिएको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालका अनुसार आज पनि परराष्ट्र मन्त्रालयमा अपडेट गरिएको छ । हराएका भनिएका गणेश लामाले डोल्पाको माथिल्लो क्षेत्रमा व्यवसाय समेत गर्दै आएको जोड दिनुभयो । उहाँका अनुसार उहाँको साथमा रहेका सिंह महतारालाई भने प्रहरीले परिवारको खोज तलास गरि पाउँ भन्ने ठाडो निवेदनको आधारमा नियन्त्रणमा लिई धरौटीमा छुट्याईएको जानकारी दिनुभयो । श्रीमान्को खोजीका लागि हराएका गणेश लामाको डोल्पाको माथिल्लो क्षेत्रमा होटल व्यवसाय गरिरहेका जानकारी आएको छ । सिह महतारा भने जुम्लाबाट डोल्पा बसाईसराई गरिसकेका रहेछन् । नाकाबाट चीनि, तेल, घिउ, लत्ता कपडा सहितका बस्तुहरु खरिद गरिदै आएको पाईन्छ ।

क्याप्सन ः गणेश लामाको खोजीका बिषयमा पत्रकार भेटघाटमा वडाध्यक्ष महतारा 

प्रतिकृया दिनुहोस्