OnlinePana

आज : २०८१ माघ ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,साउन २६, २०८१जुम्ला,
२६३ पटक

साउन २६ गते । तातोपानी गाउँपालिका ३ धार्मिक क्षेत्र बुद्धबुद्धेमा पर्यटन प्रर्वधन गर्नका लागि शुक्लेश्वर महादेवको मन्दिर निर्माण गरिएको छ । तातोपानी गाउँपालिका वडा नम्बर ३ मा वडापालिकाले मन्दिर निर्माण गरेको हो ।

ततोपानी गाउँपालिकाको सहयोगमा वडापालिकाले रु २४ लाख सहयोगमा मन्दिर, धर्मशाला, पानीका धारा लगायतका संरचना निर्माण भएका छन् । मन्दिरको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, गाउँपालिका उपाध्यक्ष रेवति रावलले गर्नु भएको छ ।

विशेषगरी तातोपानी क्षेत्रमा पुजाआजा गर्नुभन्दा पहिला धामीहरु नुहाउने स्थान तथा धार्मिक मेला लाग्ने वुद्धवुद्धेमा आधुनिक मन्दिर निर्माण भएकोमा पुजाआजा गर्न सजिलो हुने भएको छ । गाउँपालिका उपाध्यक्ष रेवति रावलले वडापालिकाले बनाएको योजनामा मन्दिर निर्माण भएको जानकारी दिनुभयो । उहाँका अनुसार धार्मिक पर्यटकीय सम्भावना वोकेको यस क्षेत्रमा पुजाआजा गर्ने संरचना भएपछि सजिलो हुने आशा गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले पर्यटकीय हिसावले अत्यान्तै राम्रो स्थान भएको बुद्धबुद्धेमा जग्गा मन्दिरको नाममा बढाउन आवश्यक रहेको बताउनुभयो ।

तातोपानी गाउँपालिका निवर्तमान अध्यक्ष नवराज न्यौपानेले कालिमार्सी धानको उत्पति भएको लाक्षु ज्यूला गुरुफोक्टा, बलिराजको राजधानी सुनारगाउँ सहित विभिन्न पर्यटकीय स्थल भएको हुदा बुद्धबद्धे पनि धार्मिक पर्यटकीय स्थलको रुपमा स्थापित भएको छ । वडानम्बर ३ का अध्यक्ष गोकर्ण रावतले धार्मिक पर्यटकीय स्थलमा मन्दिर, बनाईएको बताउदै यो काममा सघाउने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उद्घाटन कार्यक्रममा मन्दिर निर्माण गर्ने कालिगड सहित सहयोगी तथा सरोकारवाला निकायलाई दोसल्लाले सम्मान समेत गरिएको थियो ।क्याप्सन ः तातोपानी गाउँपालिका वडा नम्बर ३ वुद्धवुद्धेमा शुक्लेश्वर मन्दिर निर्माण तस्बिर नेत्र शाही÷जुम्ला । 

प्रतिकृया दिनुहोस्