OnlinePana

आज : २०८१ भाद्र २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ११, २०८१सुर्खेत,
७० पटक

११ साउन २०८१, शुक्रबार,

नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले काँग्रेस अब छिट्टै सरकारमा जाने बताउनुभएको छ ।

केन्द्रमा राष्ट्रिय समीकरण परिवर्तन भएसँगै नेपाली काँग्रेस र नेकपा एमाले सम्मिलित सरकार बनेपछि कर्णाली प्रदेश सरकारबाट नेकपा माओवादी बाहिरिएको छ । माओवादी बाहिरिएसँगै रिक्त रहेका आर्थिक मामिला तथा योजना, जलस्रोत तथा उर्जा विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र सामाजिक विकास मन्त्रालय काँग्रेसले लिनुपर्ने देखिएको प्रमुख सचेतक विष्टले बताउनुभयो ।

“नेपाली काँगेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाही, पार्टीसभापति र उपसभापतिले कर्णाली सरकारमा जाने विषयमा छलफल गरिरहनुभएको छ,” उहाँले भन्नुभयो, “केही प्राविधिक कारणले ढिला भएपनि अब एक÷दुई दिनपछि काँग्रेस छिट्टै सरकारमा सहभागी हुन्छ ।” सरकारमा कसको नेतृत्वमा को–को जाने भन्ने विषय पनि केन्द्रीय नेतृत्वको सहकार्य समन्वयमा दलको नेताले टुङ्ग्याउने प्रमुख सचेतक विष्टले बताउनुभयो ।

नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारमा सहभागी आर्थिक मामिला मन्त्री महेन्द्र केसी, सामाजिक विकासमन्त्री बीरबहादुर शाही, जलस्रोतमन्त्री रनसिंह परियार र उद्योग, पर्यटनमन्त्री दुर्गबहादुर रावतले सरकारबाट समर्थन फिर्ता लिँदै यही साउन ७ गते पदबाट राजीनामा दिएका थिए । हाल रिक्त रहेका चारवटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कँडेलले आफैले सम्हाल्नु भएको छ । शुरबहादुर सिंह

प्रतिकृया दिनुहोस्