OnlinePana

आज : २०८३ जेठ २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १४, २०८१ सुर्खेत
२८३ पटक

१३ असार २०८१, बिहीबार

कर्णाली प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री विनोदकुमार शाहलाई दिइएको छ ।

शाह भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री हुनुहुन्छ । उहाँलाई कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रवक्ताको जिम्मेवारी दिएको हो । प्रवक्ता शाह दैलेख निर्वाचन क्षेत्र नं. को (ख) बाट निर्वाचित नेकपा एमालेका प्रदेशसभा सदस्य हुनुहुन्छ ।

त्यसैगरी, आजै बसेको मन्त्रिपरिषद् बैठकले असार २ गतेदेखि रिक्त रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको जिम्मेवारी आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रविलाल शर्मालाई दिएको छ ।

प्रतिकृया दिनुहोस्