OnlinePana

आज : २०८१ माघ ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १३, २०८१जुम्ला,
३७९ पटक

१२ असार २०८१ बुधबार

जुम्लाको तातोपानी गाउँपालिका ५ स्थित दुर्गा मावि लाम्रामा कार्यरत शिक्षक जयशंकर धितालमाथि सांघातिक आक्रमण भएको भन्दै शिक्षक महासंघ र संघसंगठनले विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएका छन् ।

नेपाल शिक्षक महासंघ जुम्लाका अध्यक्ष हर्कबहादुर महत र सहध्यक्ष धिरबहादुर वडको असार ११ गते प्रकाशित संयूक्त विज्ञप्तिमा भनिएको छ, मिति २०८१ साल असार ११ गतेका दिन दुर्गा मा.वि लाम्रामा कार्यरत शिक्षक शिक्षक श्री जयशंकर धितालमाथि विद्यालय पठनपाठनकाे समयमा छलफलको क्रममा विद्यालयल व्यवस्थापन समितिका अध्यक्ष आदिप्रसाद न्यौपानेलगायतको समुहले सांघातिक आक्रमण गरेको विषयप्रति घोर भत्र्सना गदछौ । विज्ञप्तिमा घटनाको सत्यतथ्य छानविन गर्न र दोषीमाथि कारवाही गर्न ध्यानाकर्षण गरिएको छ । यसैगरी एकीकृत अखिल नेपाल शिक्षक संगठन जुम्लाले समेत विज्ञप्ति जारी गर्दै सम्बन्धित निकायकाे ध्यानाकर्षण गरएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन जुम्लाका ईन्चार्ज राजेन्द्र खत्री र सचिव भिम वि.क.को संयुक्त हस्ताक्षरित प्रेस विज्ञप्तिमासमेत शिक्षक धिताललाई बिहान १०ः३० बजेको समयमा सांघातिक हमला गरि घाईते बनाईएको प्रति भत्र्सना गरिएको छ । विज्ञप्तिमा त्यस्ता अराजक गतिविधि गर्नेलाई काररवाहीको माग गरिएको छ । विद्यालयमा आक्रमण भएपछि शिक्षक धिताललाई एम्बुलेन्समा अस्पताल पुरयाईएको अखिल नेपाल शिक्षक संगठनले जनाएको छ । धिताललाई अस्पतालको सर्जरीवार्डमा भर्ना गरि उपचार गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।

अस्पतालमा रहेका धितालको टाउकोमा निलो डाम देखिन्छ । यता शिक्षक धितालले विद्यालयमा विभिन्न बेथितिका विरुद्ध बाेल्दा योजनावद्ध तरिकाले आक्रमण भएको आराेप लगाउनुभयाे । उहाँले आफु बिहान समयमै विद्यालय जाँदा छलफल हुने क्रममा विव्यस अध्यक्ष न्यौपानेसहितको टाेलीले आक्रमण गरेको बताउनुभयो ।

यता घटनाको बिषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदिप्रसाद न्यौपानेलाई बुझ्दा बिहानको विद्यालयको समयमा शिक्षक जयशंकर धिताल र प्रधानाध्यापक प्रेमबहादुर शाहीबीच विवाद शुरु भईरहेको समयमा आफुले सहजीकरण गर्न खोज्दा आफुलाई अश्लिल शब्द भनेकाे र उनले खुट्टा प्रहार गर्न प्रयास गर्दा आफुले हात प्रयोग गरेको प्रतिक्रिया दिनुभयो । उहाँले त्यसपछि शिक्षक धिताललाई थाम्नै नसकि बेहोसको बाहना बनाएर अस्पताल ल्याईएको जिकिर गर्नुभयाे । अध्यक्ष न्याैपानेका अनुसार आफ सहित गुरुप्रसाद चौलागाई, रत्नचन्द्र उपाध्याय थियौ ।

आफुले पनि घटनाको विषयमा गाउँपालिकामा पनि छानबीन गरिपाउ भनि निवेदन दिएको उहाँले बताउनुभयो । उहाँले घटनाको दोषी आफु भएमा कारवाही भोग्न तयार भएको तर आफ्नो गल्ती नभएको दावी गर्नुभयो । प्रहरी नायव उपरीक्षक छेदिलाल कामतीका अनुसार विद्यालयमा भएको घटना राम्रो नभएको भन्दै शिक्षक धिताल अस्पतालमा उपचाररत भएको यद्यपि अवस्था सामान्य रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले घटनाको विषयमा अझै विस्तृत बुझ्ने काम भईरहेको प्रतिक्रिया दिनुभयो । यसैगरी एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रदेश समितिले पनि विज्ञप्तिमार्फत सम्वद्ध निकायकाे ध्यानाकर्षण गराएको छ । धिताल एकीकृत अखिल नेपाल शिक्षक संगठन जुम्लाका अध्यक्ष पनि हुनुहुन्छ ।

 

प्रतिकृया दिनुहोस्