OnlinePana

आज : २०८१ भाद्र २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
सुमित्रा शाही (जुनदेवी) आषाढ ८, २०८१सुर्खेत
१७२ पटक

 ७ असार २०८१, शुक्रबार

‘दोस्रो राष्ट्रिय काक्रेबिहार हाफ म्याराथन’ प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्कीले चुम्नुभएको छ । एक घण्टा नौ मिनेट १९ सेकेण्डमा २१ किलोमिटर दूरी पार गर्ने पार्खीले प्रमाणपत्रसहित रु.एक लाख नगद पुरस्कार प्राप्त गर्नुभएको हो ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमा कार्यरत जुम्लाका राजन रोकाय द्वितिय हुनुभएको छ । एक घण्टा नौ मिनेट २४ सेकेण्डमा तोकिएको दूरी पार गर्नुभएका उहाँले प्रमाणपत्रसहित रु.५० हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ । एक घण्टा नौ मिनेट ४० सेकेण्डमा २१ किलोमिटर दूरी पार गरी तृतीय हुने जुम्लाकै रामजी बस्नेतले प्रमाणपत्रसहित रु.३० हजार नगद पुरस्कार प्राप्त गर्नुभयो ।

त्यस्तै, जुम्लाका दलबहादुर कुँवरले चौथो, दैलेखका कर्णबहादुर रोकायले पाँचौं रेशमबहादुर शाहीले छैंटौं जुम्लाका शेरबहादुर बुढाले सातौ, युवराज बुढाले आठौं, तिलक अधिकारीले नवौं र सुर्खेतका दिलबहादुर बुढाले दशौं स्थान प्राप्त गरेको प्रतियोगिता आयोजनाका संयोजक प्रमोद हमालले जानकारी दिनुभयो ।

पुरुषतर्फको १० किलोमिटर दौडको उपाधि रत्नबहादुर खत्रीले प्राप्त गर्नुभयो । उहाँले निर्धारित दूरी ३२ मिनेट ५८ सेकेण्डमा पार गर्नुभएको थियो भने ३३ मिनेट ५० सेकेण्डमा पार गरी थिरबहादुर बुढा दोस्रो र ३४ मिनेट ४८ सेकेण्डमै उक्त दूरी पार गर्नुभएको रनबहादुर परियार तेस्रो हुनुभयो । सो दौडमा प्रथम, द्वितिय र तृतीय हुने खत्री, बुढा र परियारलाई क्रमशः रु.१० हजार, सात र पाँच हजार पुरस्कार प्रदान गरिएको थियो ।

महिलातर्फको १० किलोमिटर बिमला कार्कीले उपाधि चुम्नुभयो । उहाँले ४४ मिनेट १६ सेकण्डमा निर्धारित दूरी पार गर्नुभयो भने ४४ मिनेट ५९ सेकेण्डमा निर्धारित दूरी पार गरी संगीता बुढा दोस्रो र ५१ मिनेट ४४ सेकेण्डमा उक्त दूरी पार गर्ने गीता गिता सुवेदीले तेस्रो स्थान हात पार्नुभयो । उक्त प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने कार्की, बुढा र सुवेदीलाई क्रमशः रु.१० हजार, सात र पाँच हजार पुरस्कार प्रदान गरिएको थियो ।

पुरुषतर्फको पाँच किलोमिटर दौडको उपाधि अनिल शाहीले प्राप्त गर्दा दोस्रोमा भरत राना र तेस्रोमा सन्तोष शाही हुनुभयो । उनीहरुलाई पनि क्रमश पाँच हजार, तीन हजार र दुई हजार नगदसहित सम्मान गरिएको थियो । महिलातर्फको पाँच किलोमिटर दौडमा स्वस्तिका शाहीले प्रथम कृष्णा राना दोस्रो र उर्मिला कँडेल तेस्रो हुनुभएको थियो । उनीहरुलाई क्रमश पाँच हजार, तीन हजार र दुई हजार नगदसहित पुरस्कृत गरिएको थियो ।

पुरुषतर्फ भएको तीन किलोमिटर दौडको उपाधि साजन वलीले प्राप्त गर्नुभयो । नारायण रेग्मी दोस्रो र नैनसिंह बुढा तेस्रो भए । विजयी तीनै खेलाडीलाई नगदसहित पुरस्कृत गरियो । तीन किलोमिटर दौड प्रतियोगितामा पत्रकारहरु हृदय रिमाल प्रथम, रमेश पाण्डे द्वितिय र शुरबहादुर सिंह तृतीय हुनुभएको छ । प्रथम, द्वितिय र तृतीय स्थान प्राप्त पत्रकारहरुलाई प्रमाणपत्रसहित क्रमशः रु.तीन, दुई र एक हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

दोस्रो रािष्ट्रय काक्रेबिहार हाफ म्याराथनका संयोजक प्रमोद हमालले खेलकुदसँग सरकार र निजीक्षेत्रलाई जोड्ने ध्येयले म्याराथन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । एथलेक्टिसका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा काँक्रेबिहारको पहिचान स्थापित गर्न र आसन्न दशौँ राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा कर्णालीले हरेक खेल खेलाउन सक्छ भन्ने सन्देश प्रवाह गर्न यसले बल पुग्ने उहाँको भनाई थियो ।

आज असार ७ गतेको ‘विश्व ओलम्पिक डे’ लाई विशेष अवसर पारेर कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोग, म्याक्स टाईगरको मुख्य प्रायोजनमा मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतको उक्त प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा दुई हजार खेलाडीले भाग लिएका थिए ।

 

प्रतिकृया दिनुहोस्