OnlinePana

आज : २०८१ भाद्र २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ७, २०८१सुर्खेत
१६८ पटक

 ६ असार २०८१, बिहीबार

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको आजको पन्ध्रौं बैठक बस्नुपूर्व प्रदेशसभा सदस्यहरु भवन परिसरमा एक आपसमा गफ गरिरहेका थिए । उनीहरुको गफगाफ आर्थिक वर्ष २०८१÷०८२ को विनियोजित बजेटमाथि केन्द्रित थियो ।

उनीहरुको गफको क्रममा घण्टी बज्यो सबै प्रदेशसभा सदस्यहरु बैठक हलमा प्रवेश गरे । हलमा पुगेपछि मर्यादापालक महिला प्रहरीले सभामुख र सम्पूर्ण सभा सदस्यहरुलाई सँधैझैं आफ्नो अभिवादन गरे । राष्ट्रिय गान बज्यो । सबै सदस्यहरु आफ्नै स्थानमा उभिएर राष्ट्रिय गान सामुहिक रुपमा गाए । त्यसपश्चात् सबै आ–आफ्नो स्थानमा बसे ।

जब सभामुख नन्दा गुरुङले कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको आजको पन्ध्रौं बैठकको कारवाही प्रारम्भ हुन्छ भन्ने वाचन गर्नुभयो तब प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रदेशसभा सदस्यहरु नबोलैरै एकाएक सभाहलबाट बाहिरिए । सभामुख गुरुङले अकमक्क भएर उक्त दृश्य हेरिरहनुभयो ।

सो दृश्यले सत्तापक्ष दलका प्रदेशसभा सदस्यहरु छक्क परे । हाँस्दै बाहिरिँदै गरेका प्रतिपक्षी दलका सदस्यहरुलाई उनीहरुले पनि हेरिरहे । केही बेरसम्म उनीहरुले एकआपसमा मुखामुख गरे । प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरु नै नभएपछि बैठक चल्ने अवस्था देखिएन । बैठक प्रारम्भ भएको दुई मिनेटमा सभामुख गुरुङले बैठक स्थगित भएको सूचना गर्नुभयो । उहाँका अनुसार अर्को बैठक असार १२ गते बुधबार दिउसो ३ः०० बस्नेछ ।

प्रतिकृया दिनुहोस्