OnlinePana

आज : २०८१ कार्तिक ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भरतबहादर वोहरा,आषाढ ७, २०८१जुम्ला,
११४ पटक

असार ७ गते । ज्योति आ.वि तलिकुडुका विद्यार्थी नविन जैसीले काधमा हलो वोकर शैक्षिक मेलामा पुगे । उनले आफ्नो गुरुको सहयोगमा वनाएको हलो मेलामा प्रदर्शन समेत गरेका छन् ।

नेत्र ज्योति माविका कक्षा ९ मा अध्ययनरत विद्यार्थी शक्ति रोकायाले हावाबाट चलाउने डोजर बनाएर मेलामा प्रदर्शन गरेर सरोकारवाला तथा अभिभावकलाई चकित पारेका छन् । वालक शक्ति र नविन जस्तै दर्जनौ वालवालिकाले आफ्नो विद्यालयमा बनाएको सृजनशिल र कलात्मक शैक्षिक बस्तुहरु मेलामा प्रदर्शन गरिदा सरोकारवाला निकायहरु अच्चमित भएका छन् ।

गाउँपालिकाले शिक्षा क्षेत्रको जागरणका लागि भन्दै असार ५ र ६ गते दोस्रो शैक्षिक मेला आयोजना गरेको छ । घरेलु सामग्रीहरु प्रयोग गरेर बनाएका हलो, जुवा, डोको, ओखल, चित्र लेखन सहितका कलात्मक बस्तु वोकेर विद्यार्थी मेलामा पुगेका छन् ।

त्यहाँ चित्रकला, हस्तकलाका सामग्रीहरु प्रर्दशन गरिनुका साथै शिक्षा सम्विन्धि जनचेतनाका कार्यक्रम समेत गरिएका छन् । मेलामा हिमा गाउँपालिकाका करिब ६ हजार विद्यार्थी सहित शिक्षक, अभिभावक र गाउँपालिका स्थित सरोकारवाला निकायको उपस्थिति रहेको छ ।

मेलामा सहभागि अतिथि र सरोकारवाला निकायले गरेको बृहत शैक्षिक मेलाले प्रतिभा, कला, सृजनाको प्रदर्शन गर्ने र सचेतनाको जागरण ल्याउने बिषयमा जोड दिईएको प्रतिक्रिया दिएका छन् । कार्यक्रममा प्रतिनिधिसभा सांसद रुपा विकले राज्यको स्रोत शिक्षामा त्यसमा पनि दुर्गमका विद्यालयमा जोड दिन आवश्यक रहेको बताउदै शैक्षिक मेलामा देखिएका सामग्री हेर्दा यहाँका वालवालिकाको शिप, कला र दक्षता दक्ष भएको बताउदै त्यसको प्रयोगमा सरकारले जोड दिन आवश्यक रहेको छ । उहाँले जुम्लाको हिमा गाउँपालिकाले गरेको गाउँपालिका स्तरीय शैक्षिक मेला रोल मोडल भएकोमा शुभकामना दिनुभयो ।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले हिमा गाउँपालिकाले गरिरहेका विभिन्न काम मध्य शिक्षा क्षेत्रमा करिब २८ प्रतिशत बजेट विनियोजन गरेर काम भईरहेको बताउनुभयो । उहाँले आगामी बर्षका लागि कोही अध्ययन गर्न नाम निकाल्ने हिमा गाउँपालिकाका विद्यार्थी भएमा डाक्टर,पाईलट र ईन्जिनियरका लागि प्रति व्यक्ति रु १० लाख रुपैया बजेटमा विनियोजन गरिने बताउनुभयो । उहाँले गाउँपालिकाका अहिले एक हजार छ सय ६४ घरधुरीमा खानेपानीको धारा भएको जानकारी दिनुभयो ।

संविधानसभा सदस्य ललितजंग शाहीले हिमा गाउँपालिकाले यहाँको जीवनस्तर वदल्न विभिन्न कामहरु मध्य शैक्षिक मेला गरिएको बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्य सरकारको पहिलो प्रथामिकता हुनुपर्नेमा स्थानीय तहले समेत सोही अनुकुल काम गर्नुपर्ने सुझाव दिनुभयो । नेकपा माओवादी केन्द्रका वैकिल्पक केन्द्रीय सदस्य लक्ष्मीकन्य बुढाले गुणस्तरीय शिक्षाका लागि जनप्रतिनिधि र कर्मचारीका वालवालिका सामुदायिक विद्यालयमा अनिवार्य अध्ययन गराउनुपर्ने सुझाव दिनुभयो । उहाँले व्यवहारिक शिक्षामा बढि दिन आवश्यक रहेको बताउनुभयो ।
नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति दिपबहादुर शाहीले तत्कालिन समयमा हिमाको कालिका माविमा प्रतिघरधुरी ३०० रुपैया उठाएर विद्यालयको शुरुवात गरिएको सम्झना गर्दै अहिलेको अवस्थामा शिक्षामा धेरै परिवर्तन भएकोमा अव थप राम्रो गर्न आवश्यक रहेको बताउनुभयो । नेकपा एमालेका जयबहादुर खत्रीले अघिल्लो बर्षको शैक्षिक मेलाको उपलब्धी समिक्षा गर्दै यस मेलाको नतिजा मुलक गर्नुपर्नेमा ड दिनुभयो ।

नेत्रज्योति मा.वि ओदीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर बुढाले विद्यालयका संरचनामा निर्माण देखी कुशल शिक्षक व्यवस्थापन गर्न आजको आवश्यकता रहेकोले विद्यालयको वृस्तृत अनुगमन गरि काम गरिनुपर्नेमा जोड दिनुभभयो । शैक्षिक मेलामा विभिन्न २३ विद्यालयका कलात्मक प्रतिभाका स्टल प्रदर्शन सहित विभिन्न रैथाने नाँचगान, देउडा पनि गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस्