OnlinePana

आज : २०८१ कार्तिक ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
राम प्रकाश विकआषाढ २, २०८१ जुम्ला
१७९ पटक

गुठिचौर गाँउपालिका वडा नं ५ ले आगलागीबाट पिडितलाई राहत वितरण गरेको छ । गत जेष्ठ ३०गते विद्युत सर्टभई आगलागी भई घर जलेर नष्ट भएको पिडित परिवारलाई वडा नम्वर ५ले खाद्यन उपलब्ध गराएको छ । खाद्यान्न राहत स्वरुप उपलब्ध गराएको जानकारी दिएको छ । आगलागीबाट घरमा रहेको अन्नपात, भाडावर्तन, लत्ताकपडा, पैसा लगायत गरी ५ लाख बराबरको जलेर नष्ट भएको वडाले जनाएको छ।

गुठिचौर गाउँपालिका वडा नम्बर ५देपालगाँउमा गत बुधबार राति १० बजे कल्पना भटट्राई(महत)को घर पूर्ण रुपमा नष्ट भएको थियो । पिडित परिवारलाई गुठिचौर गाँउपालिका वडा नम्वर ५का वडाध्यक्ष महतले वडा कार्यालयमार्फत राहत खाद्यन प्रदान गरेका हुन्। खाद्यन अग्नीपीडित भटट्राई(महत)लाई हस्तान्तरण गरेका छन् । हस्तान्तरण गदै, वडा सरकार नतिजा र जनतालाई सेवा पुग्ने खाल्का कार्यक्रममा गर्न अध्यक्ष महतले वताउनु भयो ।

गुठिचौर गाँउपालिका वडा नम्वर ५का वडा अध्यक्ष कमल वहादुर महत, सचिव द्धवारिका न्यौपाने, वडा सदस्य देविप्रसाद धिताल,अन्य वडा सदस्य, लगायतको रोहवरमा पिडितलाई खाद्यन वितरण गरिएको हो । पालिका ५ वडा कार्यालयको सहयोगमा आगलागी पिडित परिवारलाई खाद्यान्न राहत सहयोग गरिएको वडाध्यक्ष कमल वहादुर महतले जानकारि दिनुभयो ।

राहत सामाग्रीमा चामल २ कटि, खाना पकाउने भाडा प्रेसर कोकर २वटा, कराई, पनिउ, कचौडा, थाल, गिलास, सानो जग, तेल १ प्याक, वेसार, दाल, गाग्रि, खुर्सानि, चम्चा, धनियाँ, जिरा, चिया पकाउने किल्टी पानी राख्नको लागि बाल्टिन, प्रदान गरिएको सचिव द्धवारिका न्यौपानेले जानकारी दिनुभयो । वडाले आगलागि पिडित परिवारलाई ३५ हजार बराबरको खाद्यन भाडाकुडा लगाएत समाग्री दिएको छ ।

प्रतिकृया दिनुहोस्