OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी ,जेठ १४, २०८१जुम्ला ।
१४६ पटक

जेठ १४ गते ।

गणतन्त्र दिवशको अवसरमा जुम्लामा विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको वैठकले जिल्लामा विभिन्न कार्यक्रम गरि मनाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार २०८१ जेठ १४ गते विहान ७ वजे जिल्ला प्रशासन कार्यालयको परिसर लगायतका जिल्ला वन डिभिजन कार्यालयको सहयोगमा वृक्षा रोपणा गर्ने, साझ कृष्ण मन्दिरमा दिप प्रज्वलन कार्यक्रम रहेको छ ।

जेठ १५ गते विहान जिल्ला प्रशासन कार्यालयमा जम्मा भई प्रभातफेरी गरि बजार परिक्रमा गरि कोणसभामा परिणत हुने जेठ १५ गते १ बजे पत्रकार महासंघको आयोजनामा महासंघको हलमा पत्रकार पुरस्कार तथा सम्मान कोष स्थापनाको घोषणा सहित पत्रकारलाई पुरस्कार र सम्मान गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी जेठ १६ गते विहान ७ गते बजार सरसफाई ८ बजे कृष्ण मन्दिर अगाडि भेलाभई वातावरणसंरक्षण विषयमा जनचेतनामुलक नाटक गर्ने तथा दिवश अवधिभर सार्वजनिक स्थलको सरसफाई गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्