OnlinePana

आज : २०८१ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १३, २०८१सुर्खेत
११६ पटक

१३ जेठ २०८१, आईतबार

कर्णालीमा नेपाल पत्रकार महासंघलाई सर्वसम्मत बनाउने प्रयास स्वरुप छलफलको शुुभारम्भ भएको छ । प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको पहलमा आईतबार कर्णालीमा रहेका क्रियाशील संघ संगठनहरुका प्रदेशमा रहेका नेतृत्वहरुबीच आज वीरेन्द्रनगर सुर्खेतमा छलफल भएको हो ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठनका कर्णाली प्रदेशका नेतृत्वहरुबीच नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशलाई सबैको साझा र छाता संस्थाका रुपमा सर्वसम्मत गर्नुपर्ने विषयमा छलफल भएको प्रेस सेन्टरका कर्णाली प्रदेशका अध्यक्ष प्रतिक इच्छुक शर्माले जानकारी दिनुभयो । अध्यक्ष शर्माका अनुसार पत्रकार महासंघले श्रमजिवी पत्रकारका मुद्दामा साझा रुपमा लड्नुपर्ने दायित्व महासंघ र पेशागत सघ संगठनका नेतृत्वमा निहित भएकाले महासंघलाई दलीय व्यवस्था जस्तो पक्ष र विपक्ष बनाउन नहुनेमा सहभागी एकमत देखिएका थिए । सर्वसम्मत पत्रकार महासंघ बनाउनका लागि छलफललाई निरन्तरता दिने सहमति समेत बनेको उहाँले बताउनुभया ।

छलफलमा पत्रकार तथा सञ्चार क्षेत्रसंग सम्बन्धित काम प्रदेश सरकारमार्फत हुन नसकेको भन्दै कर्णाली प्रदेश सरकारलाई गम्भीर रुपमा ध्यानाकर्षण गर्ने निर्णय भएको छ । जसका लागि नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको नेतृत्वमा सबै संघसंगठनहरुका प्रमुखहरुले प्रदेश सरकारलाई दवाव स्वरुप संयुक्त रुपमा ज्ञापन पत्र बुझाउनका लागि सहमत भएका हुन । “महासंघ कर्णाली प्रदेशको नेतृत्व सर्वसम्मत गर्नका लागि छलफललाई निरन्तरता दिने र प्रदेश सरकारले मिडिया विकास र पत्रकारको वृति विकास र विशेषगरी आम सञ्चार प्रतिष्ठान बनाउनका लािग प्रदेश सरकारको ध्याणाकर्षन गराउने निर्णय भएको छ” सेन्टर अध्यक्ष शर्माले भन्नुभयो ।

 

प्रतिकृया दिनुहोस्