OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १३, २०८१सुर्खेत
४९ पटक

१३ जेठ २०८१, आईतबार

नेकपा (माओवादी केन्द्र) निकट राष्ट्रिय बुद्धिजीवि संगठन कर्णाली प्रदेश अध्यक्षमा बीरबहादुर शाही सर्वसम्मत निर्वाचित हुनुभएको छ । शाही मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक हुनुहुन्छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिबारदेखि सुरु भएको संगठनको प्रथम प्रदेश सम्मेलनबाट शाहीको अध्यक्षतामा ४५ सदस्यीय प्रदेश समिति निर्वाचित भएको हो । समितिको उपाध्यक्षमा मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक कालीकोट निवासी कमलकुमार सिंह, सचिवमा जुम्लाका गंगाप्रसाद चौलागाईं र सहसचिवमा जाजरकोट निवासी धनबहादुर नेपाली सर्वसम्मत चयन हुनुभएको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

सम्मेलनमा पार्टी स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज कालीबहादुर मल्ल संविधानविद् खिमलाल देवकोटा, निवर्तमान मुख्यमन्त्री राजकुमार शर्मा, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावत, केन्द्रीय संयोजक कृष्ण केसी, सहसंयोजक निलकण्ठ तिवारी पार्टी केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष बिमला केसी सहभागी रहनुभएको थियो । उक्त समितिको कार्यवधि दुई वर्षको रहने अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्