OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,जेठ ११, २०८१जुम्ला,
१५९ पटक

जेठ १० गते । जुम्लामा पनि बुद्ध जयन्ति दिवस भब्य रुपमा मनाईएको छ । मुगाली बौद्ध मार्गी सेवा संघ जुम्लाको आयोजनामा जुम्लामा पनि २५६८ औ दिवश भब्य मनाईएको छ ।
बौद्ध मार्गी सेवा संघले डुडुलचैत्य गुम्वाबाट र्याली निकालेर जुम्ला बजार परिकर्मा गरेर टुडिखेलमा दिवश मनाएको हो । दिवशमा वुद्धका उपदेश समेटिएका सन्देश सहितको नारा, भजन गाएर प्रार्थना समेत गरिएको छ । जुम्लामा मुगु जिल्लाबाट आई स्थायी तथा अस्थायी वसोवास गर्ने मुगाली समुदायले एक बर्ष अगाडि देखी जुम्लामा दिवश मनाउदै आएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि खेन्देन डाक्टर गुर्मे छुल्ठिम रिम्पोछेले बुद्धले अपनाएको बाटो नै शान्तिको प्रतिक रहेको बताउनुभयो । उहाँले मानिसलाई शान्ति दिने काममा वुद्ध दर्शन भएकाले सरकारले यस बिषयमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

चन्दननाथ नगरपालिकाका नगरउपप्रमुख रामदेवी खड्काले शान्ति र राष्ट्रका लागि वुद्धको सन्देशले उर्जा दिने बताउदै वालवालिकाले समेत शान्ति र राष्ट्रका खेलेको नाटकले महत्वपूर्ण सन्देश दिएको बताउनुभयो । उहाँले चन्दननाथ नगरपालिकाले यस बर्ष बुद्ध जयन्तिका लागि रु ५१ लाख बजेट विनियोजन समेत गरेकोमा जोड दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरे वुद्दको ज्ञानलाई संसार फैलाउन आवश्यक भएको बताउदै नेपाल विश्वभरका मानिसको वौद्धमार्गीको पर्यटकीय क्षेत्र भएकोमा जोड दिनुभयो । उहाँले शान्ति दिनलाई बुद्धको सन्देस आवश्यक रहेकोमा जोड दिनुभयो । मुगाली बौद्ध मार्गी सेवा संघका संस्थापक सोनाम गृमेद लामाले जुम्लामा लामो समय देखी वुद्धको संरचना वनाउन प्रयास गरिएको बताउदै दिवश जुम्लामा दुई देख् िबर्ष मनाउन थालिएकोमा जोड दिनुभयो । सेवा संघका सल्लाहकार लामाले वुद्धका १० कुशल सन्देशले मात्रै मन शान्ति र सफा गर्ने बताउदै यो बाटोलाई अगाल्न सम्पूर्ण मानव जातिको आवश्यकता रहेको बताउनुभयो । उहाँले तत्कालिन समयमा सिञ्जाका राजाले तिब्बतमा समेत सुनको गजुर सहितको गुम्वा बनाएको ईतिहास रहेको बताउदै सरकारले संरचना निर्माणमा सहयोग गर्न अनुरोध गर्नुभयो ।

मुगाली बौद्ध मार्गी सेवा संघका अध्यक्ष नुर्वुवाङदि तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न वौद्ध समुदायका महिला पुरुषले सास्कृतिक नाच तथा विभिन्न विद्यालयले नाँच प्रर्दशन गरेका थिए ।

प्रतिकृया दिनुहोस्