OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ९, २०८१ सुर्खेत
५१ पटक

 ९ जेठ २०८१, बुधबार

कर्णाली प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

सत्ता साझेदार दल नेकपा एमालेबाट कृषिमन्त्रीमा नियुक्त हुनुभएका मन्त्री शाहलाई आज कर्णाली प्रदेश प्रमुख तिलक परियालले नेपालको संविधानको धारा १७२ बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । बैशाख १८ गते कृषिमन्त्री नियुक्त हुनुभएका उहाँले आफूले चाहेको मन्त्रालय नपाएको भन्दै शपथ ग्रहणमा भाग नलिएपछि उक्त मन्त्रालय मुख्यमन्त्री यामलाल कँडेल आफैले सम्हाल्नुभएको थियो ।

ऋाज मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नियुक्ति हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेसँगै आज कर्णाली सरकारले पूर्णता पाएको छ । अब मुख्यमन्त्री कँडेलले आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी सम्हाल्नु हुनेभएको छ । संवैधानिक व्यवस्था अनुसार राज्यमन्त्रीसहित कर्णालीको मन्त्रिपरिषद् आठ सदस्यीय गठन भइसकेकोले उहाँले उक्त मन्त्रालयको जिम्मेवारी आफैले लिनुभएको हो ।

आर्थिक मामिला तथा योजनामन्त्रीमा महेन्द्र केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा दुर्गबहादुर रावत, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीमा शेरबहादुर बुढा, जलस्रोत तथा उर्जा विकासमन्त्रीमा रनसिंह परियार, सामाजिक विकासमन्त्रीमा बीरबहादुर शाही र भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विक कायम गरिएको प्रदेश प्रमुखको कार्यालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्