OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ९, २०८१सुर्खेत
५२ पटक

९ जेठ २०८१, बुधबार

वर्षाको समय नजिकिँदै गर्दा कर्णाली प्रदेश सरकार मनसुनपूर्वको तयारी तथा प्रदेश विपद् प्रतिकार्य योजना निर्माणमा लागेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा आज वीरेन्द्रनगर सुर्खेतमा विषयगत क्षेत्रहरुको सहभागितामा मनसुनबाट हुने क्षति न्यून गर्न पूर्व तयारी तथा विपद् प्रतिकार्य योजना निर्माण गर्न थालिएको हो । कर्णालीको विकट भूगोल, पहुँचविहिन् यातायात, साधन स्रोतको सीमितताको पहिचान, मूल्याङ्कन गरी मनसुनजन्य विपद्ले पार्ने प्रभावबाट जनधनको क्षति हुन नदिन प्रतिकार्य योजना निर्माणमा लागिएको मन्त्रालयका निमित्त सचिव निधिराज न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार कर्णालीको भूगोल, यहाँको बसोबास अवस्था अन्य प्रदेशभन्दा बढी जोखिम भएकोले पनि पूर्वतयारी र विपद् प्रतिकार्य योजना निर्माणमा तीव्र दिइएको हो । प्रदेश सरकारले कर्णाली, लुम्बिनी र सुदूरपश्चिम समाहित हुने गरी अन्तरप्रदेशस्य कुत्रिम घटना अभ्यास गरिने निमित्त सचिव न्यौपानेले बताउनुभयो ।

मन्त्रालयका विपद् शाखा प्रमुख कृष्णबहादुर रोकायले विपद् प्रतिकार्य र मनसुन पूर्वतयारीका लागि मन्त्रालयले गोदाम घर, बन्दोबस्तीका समान र नयाँ खरिद प्रक्रियाका काम अगाडि बढाईएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले जाजरकोट भूकम्पपछि प्राकृतिक विपद्जन्य प्रकोपबाट क्षति कम गराउन जनशक्ति, खाद्यान्न, स्वास्थ्य उपचार सेवा र आवश्यक सामग्रीको जोहो गरेको छ । साझेदार निकायहरुले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्यो ।”

आज बसेको बैठकले स्वास्थ्य तथा पोषण, खाद्य सुरक्षा, खानेपानी, सरसफाई र स्वास्थ्य प्रवद्र्धन, शिक्षा, संरक्षण, शीघ्र पुनर्लाभ, बन्दोबस्ती, सुरक्षित आश्रयस्थल शिविर समन्वय तथा व्यवस्थापन र खोज तथा उद्धार क्षेत्रको पूर्वतयारी र प्रतिकार्य योजनाबारे छलफल गरी त्यसलाई मूर्तरुप दिएर प्रभावकारी कार्यान्वयनमा जोड दिनतर्फ सरोकारवाला सबै निकायहरुले आ–आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने प्रतिवद्धता गरिएको छ ।

प्रतिकृया दिनुहोस्