OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ८, २०८१ सुर्खेत
६१ पटक

८ जेठ २०८१, मंंगलबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी बजेट अनुकूलको परियोजना बनाउन नीजि क्षेत्रलाई आग्रह गर्नुभएको छ ।

कर्णाली प्रदेश सरकारको आगामी आव.२०८१÷०८२ को नीति तथा कार्यक्रमको राय सुझाव संकलनका लागि आज नीजि क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुसँगको छलफलमा बोल्दै उहाँले प्रदेश सरकारको क्षमताका आधारमा नीजि क्षेत्रले विकास निर्माणको परियोजना अगाडि बढाउनुपर्ने बताउनुभयो । मुख्यमन्त्री कँडेलले भन्नुभयो, “कर्णाली प्रदेश सरकारको आन्तरिक आम्दानी नै न्यून छ । तपाई हामीले गरेका सबै अपेक्षा पुरा हुन सक्दैनन् ।”

क्षेत्र र भूमिका हिसाबले फरक भएपनि हामी सबैको गन्तव्य कर्णाली बनाउने हो भन्दै उहाँले नीजि क्षेत्रले दिएको राय सुझाव प्रदेश सरकारको आगामी नीतिमा समावेश गरिने जनाउनुभयो । सुझाव रित पुर्याउनका लागि नभएको बताउनुभएका मुख्यमन्त्री कँडेलले भन्नुभयो, “छलफल दैनिकी गुजार्ने होइन, आ–आफ्नो क्षेत्रमा परिवर्तन गर्ने हो । यसमा सबै लाग्नुस् ।

समृद्धिको लागि सुशासन आवश्यक भएको र त्यसका लागि थितिमा बसेर काम गर्ने कुरा प्रमुख रहेको मुख्यमन्त्री कँडेले बताउनुभयो । उहाँका अनुसार सबैको सहयोगबाट कर्णालीको विकासका लागि आगामी आर्थिक वर्षमा लगानी सम्मेलन गरिनेछ । त्यसैगरी, सुर्खेत विमानस्थल निर्माणको जिम्मा संघीय सरकारले लिने गरी कर्णाली प्रदेश सरकारले त्यसको पहल गर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदबहादुर शाही, उद्योग बाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेल, च्याम्बर अफ कमर्श सुर्खेतका अध्यक्ष चिन्तामणि कँडेललगायत विभिन्न क्षेत्रमा कार्यरत उद्योग व्यवसायीहरुले कर्णालीको पानी, खानी, विद्युत, पूर्वाधार, कृषि, पर्यटन, खेल, जडिबुटी, सडक, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रको विकास हुने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउन सुझाउनुभएको थियो ।

प्रतिकृया दिनुहोस्