OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ८, २०८१सुर्खेत
९६ पटक

८ जेठ २०८१, मंंगलबार

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सहसंयोजक सन्तबहादुर नेपालीले समाजमा वर्ग व्यवस्था कायम रहुन्जेल आन्दोलन नसकिने बताउनुभएको छ ।

उक्त पार्टीद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेकपा बहुमत पार्टीबीच भएको पार्टी एकताबारे जानकारी दिँदै सहसंयोजक नेपालीले वर्गविहिन समाज क्रान्तिकारी कम्युनिष्टहरुको अन्तिम गन्तव्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी कम्युनिष्टहरुको रणनीतिक लक्ष्य भनेकै समाजमा सबै समान हुनुपर्छ भन्ने हो यद्यपि साम्राज्यवादी र पूँजीवादी व्यवस्था विरुद्ध हाम्रो लडाई निरन्तर चलिरहेको छ ।”

सहकार्य, समन्वय र सहअस्तित्वलाई स्वीकार गर्न नसक्ने कम्युनिष्टहरुको रोग भएको टिप्पणी गर्नुभएका सहसंयोजक नेपालीले माक्र्सवाद, लेनिवाद र माओ विचारधाराको आलोकमा कम्युनिष्ट आन्दोलन बचाउन क्रान्तिकारी शक्तिहरु एक हुनुको विकल्प नरहेको जिकिर गर्नुभयो । अबको कम्युनष्टि आन्दोलनको यात्रा क्रान्तिकारी एवं प्रगतिशील सिद्धान्त र विचार समुहको एकता अपरिहार्य आवश्यकता भएको उहाँको भनाई यियो ।

उहाँका अनुसार देशको राष्ट्रियता र जनजीविकाका मुद्दाहरुलाई पार्टीले उठाउँदै आएको छ । तटस्थ, समान, मैत्रीपूर्ण र आत्मनिर्भर परराष्ट्र नीतिमा जोड दिइएको छ । क्रान्तिकारीहरुले कम्युनिष्ट आन्दोलनको विज्ञानलाई बुझ्न नसकेका कारण टुटफुट भएको जिकिरि गर्दै सहसंयोजक नेपालीले सबै मतभेदहरुको व्यवस्थापन गर्ने, गल्ती कमजोरी हुन नदिन सचेत रहने र सबै क्रान्तिकारीहरुलाई एकतामा ल्याउने काम भईरहेको जनाउनुभयो ।

 

प्रतिकृया दिनुहोस्