OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ७, २०८१सुर्खेत
६० पटक

 ७ जेठ २०८१, सोमबार

नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति परिवर्तन हुनुमा कर्णाली प्रदेशको भूमिका रहेको बताउनुभएको छ ।

नेपाल राष्ट्र बैंक सुर्खेतद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्थित बैंक तथा वित्तिय संस्था, उद्योग व्यवसायी, पत्रकार तथा सरकारी निकायका प्रतिनिधिहरुसँगको छलफल कार्यक्रममा गभर्नर अधिकारीले भेरी र कर्णाली करिडोर बनाउँदा अर्थतन्त्र चलायमान हुने बताउनुभयो । उहाँले अब कर्णालीमा करिब एक अर्ब बजेट खर्च गर्न थालिएको उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो, “कर्णालीको भूगोल सबैभन्दा ठूलो छ तर कर्जा सुविधा लिने एकजना मात्र भेटिए । हामीले प्रत्येक बैंकबाट पाँच जनालाई कर्जा दिने व्यवस्था गरेका छौं ।” गभर्नर अधिकारीले लघुवित्त संस्थामा ६० लाख सदस्य आवद्ध रहेको बताउँदै ती संस्थाले मुलुकको अर्थतन्त्र वृद्धि गर्न र महिला सशक्तिकरणमा ठूलो सहयोग पुगेको जनाउनुभयो ।

उहाँका अनुसार कर्णालीमा वित्तिय साक्षरता आवश्यक रहेको बताउँदै ऋण लिनेहरु कहिल्यै पीडित हुँदैनन् । ऋणीहरुलाई गुनासो राख्ने डेस्क बनाइएको छ । उद्यमी, व्यवसायीलाई व्यापार व्यवसाय गर्न बाधा भए खबर गर्न सुझाउँदै गभर्नर अधिकारीले साना व्यवसायीहरुलाई कर्जा दिन सहज व्यवस्था गरिएको जनाउनुभयो ।

प्रत्येक व्यक्तिलाई बैंक तथा वित्तिय संस्थाले सघाउन र उद्यमी तथा व्यवसायीहरुलाई उत्पादनमा लाग्नुपर्नेमा जोड दिँदै उहाँले बैंकर्स र व्यवसायीहरुबीचको सुमधुर सम्बन्ध हुनुपर्ने बताउनुभयो । छलफलमा उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाही, सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेललगायतले व्यवसायीहरु डुबेर पलायन हुने र आत्महत्या गर्नुपर्ने समस्या एवं चुनौति दिनानुदिन बढ्दै गएको भन्दै आर्थिक सुधारका लागि मौद्रिक नीति उद्योगी तथा व्यवसायीमैत्री ल्याउन राष्ट्र बैंकलाई अनुरोध गर्नुभयो ।

छलफलमा सुर्खेतस्थित बैंकका प्रबन्धकहरु, लघुवित्त तथा औद्योगिक ग्राम सञ्चालक, सरकारी निकायका प्रमुख, उद्यमी, व्यवसायी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्