OnlinePana

आज : २०८१ पौष १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ३१, २०८१सुर्खेत
१२२ पटक

३० बैशाख २०८१, सोमबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको लगानी अनुसार कर्णालीले प्रतिफल पाउन नसकेको बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कर्णालीलाई कार्य क्षेत्र बनाएका अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँगको आज भएको छलफलमा मुख्यमन्त्री कँडेलले यो प्रदेशलाई दातृ संस्थाहरुले प्राथमिकतामा राखेपनि भइरहेका कार्यक्रमहरुले आशातीत सफलता हाँसिल गर्न नसकेको टिप्पणी गर्नुभयो ।

“कर्णालीका नागरिकहरुले हाम्रा दातृ निकायहरुको सहयोग अनुसार जति परिवर्तनको महसुस गर्नुपर्ने हो, उनीहरुले त्यो महसुस गरेको अवस्था मैले देख्दैन,” उहाँले भन्नुभयो, “अब पनि त्यही अवस्थाबाट अगाडि बढ्ने कुरालाई बढावा दिन सकिदैन । पछिल्लो समयमा अवसरको खोजीमा कर्णालीका गाउँ रित्तिदै गएको अवस्थाप्रति चिन्ता प्रकट गर्दै मुख्यमन्त्री कँडेलले दातृ संस्थाका प्रतिनिधिहरुलाई रोजगारीका लागि युवाहरु विदेसिने परिस्थिति अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

बिगतदेखि लामो समय कर्णालीमा काम गरेका दातृ निकायहरुको अनुभवबारे चर्चा गर्दै उहाँले अहिलेको नीतिले आवश्यक परिवर्तनको अनुभूति गराउन नसके त्यसलाई बदल्न पुनः विचार गर्नुपर्ने धारणा राख्नुभयो । जनताको जीवनस्तर माथि उकास्न सरकार एक्लैको प्रयासले नहुने बताउनुभएका मुख्यमन्त्री कँडेलले विकास साझेदारहरुलाई कर्णालीमा काम गर्ने उपयुक्त वातावरण निर्माण र सहजीकरण गर्न प्रदेश सरकारले सक्दो प्रयास गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “साझेदार निकायहरुका कार्यक्रमलाई एकीकृतरुपमा लैजान सके यसले ठूलो उपलब्धि हाँसिल गर्छ र जनतालाई पनि त्यसको अनुभूति गर्ने अपेक्षा गर्न सकिन्छ ।” मुख्यमन्त्री कँडेलले आजै सुर्खेतस्थित संघीय कार्यालयका प्रमुखहरुसँग समेत छलफल गरी कर्णाली प्रदेशमा भईरहेका कामको बारेमा जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्