OnlinePana

आज : २०८२ बैशाख ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख ३०, २०८१
१४८ पटक

३० बैशाख २०८१, आईतबार

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयल प्रादेशिक खाद्य प्रणालीको समक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ ।

संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन र विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोग, नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, राष्ट्रिय योजना आयोग, भूमि व्यवस्था तथा कृषि मन्त्रालय कर्णाली प्रदेशको संयुक्त आयोजनामा आइतबार वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न गोष्ठीले चालु आव.२०८०÷८१ को प्रादेशिक खाद्य प्रणालीको समीक्षा र आगामी आव.२०८१÷८२ को योजना तर्जुमा गोष्ठी सम्बन्धी छलफल गरेको हो ।

गोष्ठीमा मन्त्रालयगत गरिएका प्रस्तुतिमा समावेश गरिनुपर्ने थप कार्यक्रम तथा सिकाईबारे सुझाव, उपलब्ध कार्यक्रको सूचीको पुनरावलोकन, आगामी आव.२०८१÷८२ का कार्यक्रमबारे छलफल, छलफल तथा सहमतिबाट कार्यक्रको निर्धारण गर्ने लगायतका विषयमा सरोकारवालाहरुबीच छलफल भएको थियो । कर्णालीको रैथानेबाली उत्पादन, प्रकृतिमैत्री खेतीबाली, दीगो उत्थानशील खाद्य प्रणाली र स्थानीय तहलगायत विकास साझेदार सबै निकायले खेल्नुपर्ने भूमिका विषयमा व्यापक छलफल भयो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.नरहरि घिमिरेले विकास र समृद्धिका लागि खाद्य रुपान्तरण प्रणाली आवश्यक रहेको बताउँदै छलफलले यहाँको कृषि तथा पशुपंक्षी क्षेत्रको आगामी नीति तथा कार्यक्रम र बजेट ल्याउन सहयोग मिल्ने बताउनुभयो । उहाँले जेठ ७ गतेसम्म साझेदार निकायहरुले आगामी आव.मा सञ्चालन गर्ने कार्यक्रम र बजेटसहित त्यसको जानकारी मन्त्रालय जानकारी दिन सुझाउनुभयो ।

प्रतिकृया दिनुहोस्