OnlinePana

आज : २०८१ मंसिर ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २९, २०८१सुर्खेत
८३ पटक

२९ बैशाख २०८१, शनिबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

मुख्यमन्त्री कँडेलले आगामी जेठ ४ गते बस्ने गरी आज बैठक आह्वान भएको हो । कर्णालीको समग्र विकास र समृद्धिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच साझा धारणा बनाउन सर्वदलीय बैठक आह्वान गरिएको मुख्यमन्त्री कँडेलले जानकारी दिनुभयो ।

“समृद्धि र विकास सबैको साझा सरोकारको विषय हो,” उहाँले भन्नुभयो, “एक्ला एक्लै हिड्नु भन्दा सबै राजनीतिक दलहरुबीच साझा सहमति खोज्ने उद्देश्यले जेठ ४ गते बस्ने गरी बैठक आह्वान गरिएको हो ।” मुख्यमन्त्री कँडेलले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका अध्यक्षसहित तीन जना र दलका नेता वा प्रमुख सचेतकलाई बैठकमा सहभागिताका लागि आमन्त्रण गरिएको बताउनुभयो ।

कर्णाली प्रदेशसभामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), एमाले, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व रहेको छ । नीतिगत व्यवस्था अनुसार कर्णाली प्रदेश सरकारले जेठमा नीति तथा कार्यक्रम र असार १ गते बजेट ल्याउने गरी तयारी थालेको छ ।

प्रतिकृया दिनुहोस्