OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २९, २०८१सुर्खेत
३१७ पटक

२९ बैशाख २०८१, शनिबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज सम्पन्न ‘प्रथम ज्ञान कर्णाली हाफ म्याराथन’को उपाधि नरेन्द्रसिंह रावत र पुष्पा भण्डारीले हाँसिल गर्नुभएको छ ।

रावतले एक घण्टा ११ मिनेट २५ सेकेण्ड र भण्डारीले एक घण्टा २८ मिनेट १७ सेकेण्ड २१ किलोमिटर दूरी पार गर्नुभएको हो । पुरुषतर्फ दोस्रो हुने रामजी बस्नेतले एक घण्टा ११ मिनेट ४८ र तेस्रो हुने श्रीकेश राई एक घण्टा १३ मिनेट २३ सेकेण्डमा उक्त दुरी पार गर्नुभएको हो । त्यस्तै, महिलातर्फ हुने दोस्रो सिर्जना पाण्डेले एक घण्टा ३२ मिने ४३ सेकेण्ड र तेस्रो हुने राज्यलक्ष्मी रावलले एक घण्टा ३६ सेकेण्ड ४० मिनेटमा सो दूरी पार गर्नुभएको थियो ।

प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने महिला तथा पुरुष खेलाडीहरुलाई क्रमशः रु.५५, ३० र २० हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । पुरुष सबै नेपाली सेना रहेका छन् । महिलातर्फ भण्डारी सशस्त्र प्रहरी, पाण्डे नेपाली सेना र रावल जुम्लाका रहेका छन् । विजयी पुरुष तथा महिला खेलाडीहरुलाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुरस्कारसहित ट्रफी प्रदान गर्नुभएको थियो ।

पाँच किलोमिटर छात्रतर्फ प्रथम अजय विश्वकर्मा द्वितिय नवराज बानियाँ तृतीय रमेश बुढा र छात्रातर्फ प्रथम बिमला कार्की, दोस्रो पूर्णिमा बुढाथोकी, लक्ष्मी शाही तृतीय हुनुभएको थियो । प्रथम, द्वितिय र तृतीय हुन सफल छात्र तथा छात्राहरुलाई क्रमश रु.१०, सात र पाँच हजार नगद तथा प्रमाण पत्र प्रदान गरिएको छ ।

त्यस्तै, आजै सम्पन्न हाफ म्याराथन प्रतियोगितामा ४५ वर्षमाथिका खेलाडीमा प्रथम काठमाडौंका धर्म महर्जन, द्वितिय रेवत दाहाल र तृतीय गंगबहादुर पुनमगर हुनुभएको छ । उहाँहरुलाई क्रमशः रु.१५, १० र पाँच हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको ‘प्रथम कर्णाली हाफ म्याराथन’का संयोजक देवकुमार सुवेदी जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीका पुष्पा भण्डारी र नेपाली सेनाका रावत प्रतियोगिताको च्याम्पियसिप घोषणा हुनुभएको छ ।सो म्याराथनको व्यवस्थापन क्रियटिभ गञ्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टले गरेको थियो । कर्णालीको दौड संस्कृतिको विकाससँगै पर्यटन प्रवद्धन गर्न तथा यहाँका स्थापित धावकलाई प्रोत्साहन प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा एक हजार बढी खेलाडीहरुले भाग लिएको आयोजक बताएको छ ।

प्रतिकृया दिनुहोस्