OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २४, २०८१सुर्खेत
४३ पटक

२४ बैशाख २०८१, सोमबार

मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा.ध्रुवकुमार गौतमले विश्वविद्यालयलाई प्रतिस्पर्धी बनाएर लैजाने बताउनुभएको छ ।

आज कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित विश्वविद्यालयद्वारा नवनियुक्त उपकुलपति प्राडा.गौतमको स्वागत तथा पदभार ग्रहण कार्यक्रममा बोल्दै उहाँले प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न सकिएमात्र विश्वबजारमा बिक्न सक्ने बताउनुभयो । “हामीले चार सय वर्ष इतिहास राखेका विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्नुपर्नेछ,” उहाँले भननुभयो, “खोज, अध्ययन, अनुसन्धान र अन्वेषण कार्य क्षमतालाई पनि बढाउँदै लैजान्छौं ।”

विश्वविद्यालय बनाउने अभियानमा सबैको ऐक्यवद्धता आवश्यक रहेको जनाउँदै उपकुलपति गौतमले भन्नुभयो, “मप विश्वविद्यालयको विकासमा आफूले सकेसम्मको प्रयास गर्छु । यद्यपि म एक्लैको प्रयासले केही हुँदैन । यसमा सबै सरोकारवालाहरुले आवश्यक सहयोग गर्नुपर्दछ । अनिमात्र विश्वबजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्न सकिन्छ ।”

विश्वविद्यालय ज्ञान र सृजनाको भण्डार भएको बताउँदै उहाँले आर्थिक रुपले विश्वविद्यालयलाई आत्मनिर्भर बनाउनुपर्ने जिम्मेवारी काँधमा आएको जनाउनुभयो । सेवा गर्ने कर्मचारी र संरचना निर्माणमा विश्वविद्यालय प्रशासनले गहिरो ध्यान दिने जनाउँदै उपकुलपति प्राडा.गौतमले मप विश्वविद्यालयलाई विश्वप्रतिष्ठित विश्वविद्यालयका रुपमा स्थापित गर्ने गरी कार्य प्रारम्भ गर्ने जनाउनुभयो । उहाँले आजै पदभार ग्रहण गर्नुभएको छ ।

 

प्रतिकृया दिनुहोस्