OnlinePana

आज : २०८१ जेठ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २३, २०८१सुर्खेत
८६ पटक

२३ बैशाख २०८१, आइतबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित औद्योगिक प्रदर्शनी प्रतियोगितामा केदारनाथ राडीपाखी उद्योग प्रथम भएको छ ।

उद्योग तथा उपभोक्त हित संरक्षण निर्देशनालय सुर्खेतद्वारा यही बैशाख २०–२२ गतेसम्म सञ्चालन गरिएको उद्योगमा राडीपाखी उद्योग प्रथम, देउती झोला उद्योग द्वितिय र पातलगंगा हस्तकला सामाजिक उद्यमी समुह उद्योग सुर्खेत तृतीय भएका छन् । उत्कृष्ट तीन मध्य प्रथमलाई रु.४०, द्वितियलाई २० र तृतीयलाई रु.१० हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको निर्देशनालयका निमित्त निर्देशक मुकुन्दनाथ योगीले जानकारी दिनुभयो ।

“तीन दिनसम्म सञ्चालन भएको प्रदर्शनी ४८ उद्योगहरु सहभागी थिए,” उहाँले भन्नुभयो, “प्रदर्शनी अवलोकनकर्ताहरुले मतदान गरेका आधारमा तीन उत्कृष्ट उद्यमीहरु छनोटमा परेका हुन् ।” लघु तथा घरेलु उद्योगहरुको प्रवद्र्धन तथा बजारीकरण विस्तार गर्ने उद्देश्यले प्रदर्शन प्रतियोगिता आयोजना गरिएको निर्देशक योगीले बताउनुभयो ।

निर्देशनालयका लघु औद्योगिक गाम इकाईका सहायक टोपेन्द्र बिसीले कर्णालीका दशवटै जिल्लाका लघु तथा घरेलु उद्योगहरु पहिचान, विकास र बजारीकरण विस्तारमा सहयोग पुर्याउने उद्देश्य राखेर सञ्चालन भएको प्रदर्शनीमा करिब पाँच हजारले अवलोकन गरेको बताउनुभयो । “प्रतियोगिताले उद्यमीहरुलाई केही गर्न थप हौसला मिलेको छ,” उहाँले भन्नुभयो, “यहाँको कच्चा पदार्थ यही प्रशोधन भएर वस्तु उत्पादन हुने वातावरण बनेको छ ।”

उहाँका अनुसार प्रतियोगितामा दुना टपरी, खाद्य प्रशोधन, वैकल्पिक उर्जा, प्राङ्गारिक मल, ढाका, ढकिया, च्याउ, आरन, हर्बल चिया, मह, रेशाजन्य उत्पादन प्रदर्शन गरिएको थियो । निर्देशनालयले वीरेन्द्रनगरबाहेक प्रतियोगितामा भाग लिन बाहिरबाट आउने उद्योगीहरुलाई दैनिक खाना, खाजा र बासवापत रु.सात सय, आउन जान प्रचलित दररेट अनुसारको भाडा रकम र समान ढुवानीवापत रु.एक हजार उपलब्ध गराएको छ ।
प्रतियोगितामा सरकारी निकाय, उद्योग, बाणिज्य तथा उपभोक्ता हित क्षेत्रका सरोकारवाला सबै, गैह्र सरकारी संघ÷संस्था, सम्बन्धित क्षेत्रका प्राविधिक शिक्षालयहरु, सहकारी संस्था, नीजि क्षेत्र, पत्रकार सञ्चारकर्मी र आम सर्वसाधारण सबैको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्