OnlinePana

आज : २०८१ बैशाख २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १३, २०८१सुर्खेत,
१६७ पटक

१३ बैशाख २०८१, बिहीबार

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले करोडपतिसँग नभएको प्रतिष्ठा पत्रकारसँग भएको बताउनुभएको छ ।

प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ सुर्खेतको समन्वयमा आज वीरेन्द्रनगर सुर्खेतमा ‘पत्रकारितामा युट्युव र आचारसंहिताकाे सवाल’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले पत्रकारितामार्फत देश दुनियाँ बदल्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो “पत्रकार समाजको सशक्त र रुपान्तरणकारी जनशक्ति हो तथापि यसले आफ्नो आचारसंहिता र जिम्मेवारीलाई भुल्नु हुँदैन ।

पछिल्लो समयमा बार्गेनिङ पत्रकारिताले मूल पत्रकारितामाथि प्रहार गरिरहेको तर्क गर्दै अध्यक्ष बस्नेतले भन्नुभयो, “गुणगान र भजन पत्रकारिताले हामी भुत्ते हुन्छौं । यसमा गम्भीर भएर विषयवस्तु उठान गर्नुपर्दछ जसले स्वस्थ, मर्यादित एवं जिम्मेवार पत्रकारिताको परिचय देओस् ।” सामाजिक सद्भाव भड्काउने, चोरी, ढाकछोप पत्रकारिता र सामाजिक सञ्जालले आज यो क्षेत्रमाथि नै चुनौति थपेको भन्दै  यसमा पत्रकारहरु आफैले आफुलाई परिस्कृत गर्दै लैजान उहाँले आग्रह गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा काउन्सिलका बोर्ड सदस्य ठाकुर बेल्बासेले पत्रकारिता व्यवसायिक रुपमा संकक्रमणकालीन अवस्थामा पुगेको टिप्पणी गर्नुभयो । पत्रकारले आफ्नो क्षमतामा वृद्धि गरी समाजलाई सहि सूचना दिने विषयवस्तु उठान गर्न सुझाउँदै उहाँले यसलाई सबैको आशा र विश्वासको क्षेत्रका रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

उक्त अन्तरक्रिया कार्यक्रममा प्रेस काउन्सिल नेपालका अधिकृत महेन्द्र सिंहले पत्रकारिता आचारसंहिता विपरीत समाचार प्रकाशन गर्ने, सामाजिक तथा साम्प्रदायिक सद्भाव भड्काउने एवं चोरी समाचार सम्प्रेषण गर्ने पत्रकार तथा मिडिया हाउसका बारेमा परेका देशैभरिका उजुरीको तथ्याङ्क प्रस्तुत गर्नुभयो । अन्तरक्रियामा सुर्खेतका करिब तीस भन्दा बढी विभिन्न मिडिया हाउसमा काम गर्ने पत्रकार सञ्चारकर्मीहरुकाे सहभागिता रहेकाे थियाे ।

प्रतिकृया दिनुहोस्