OnlinePana

आज : २०८१ बैशाख २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १३, २०८१सुर्खेत
२५ पटक

१३ बैशाख २०८१, बिहीबार

प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित पत्रकारहरुलाई इन्टरनेटमा सहुलियत प्रदान गरेको छ ।

काउन्सिलको मिडिया विकास कोषअन्तरगत एक सय बढी पत्रकार तथा सञ्चारगृहलाई इन्टरनेट शुल्कवापत रु.छ लाख सहयोग गरेको हो । गत वर्ष कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिमका पत्रकार तथा सञ्चारगृहहरु प्रभावित भएका थिए ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्य ठाकुर बेल्वासेसहितको टोलीले जाजरकोट र रुकुमपश्चिममा पुगेर सहयोग प्रदान गरेको हो । अध्यक्ष बस्नेतले काउन्सिलका पदाधिकारी तथा कर्मचारीको तर्फबाट नेपाल सरकार भूकम्प प्रभावित राहत कोषमा तीन दिनको तलब योगदान गरिएको बताउनुभयो ।

भूकम्प प्रभावित पत्रकारको साथमा काउन्सिल रहेको भन्दै उहाँले मिडिया विकास कोषबाट लाभ लिनसमेत आग्रह गर्नुभयो । दुरदराजमा बसेर गरिएको पत्रकारिताले साँच्चिकै समाज रुपान्तरणका लागि ठूलो सहयोग पुगेको उहाँको भनाई थियो ।

मिडिया विकास कोष सहायता वितरण कार्यक्रममा अध्यक्ष बस्नेतले काउन्सिलले छिट्टै मिडिया हाउसको सूचीकृत प्रक्रिया अनलाइनबाट गर्न लागिएको जानकारी दिनुभयो । काउन्सिलले जाजरकोट र रुकुम पश्चिमका सञ्चार गृहको अनुगमन तथा निरीक्षण गर्नुका साथै आचारसंहिता जागरण सम्बन्धी कार्यक्रम सञ्चालन गरेको थियो ।

प्रतिकृया दिनुहोस्