OnlinePana

आज : २०८३ बैशाख २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख १२, २०८१
२७६ पटक

१२ बैशाख २०८१, बुधबार

कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रनसिंह परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य रनसिंह परियारले विना विभागीय मन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो आज कर्णाली प्रदेश प्रमुख तिलक परियालले नेपालको संविधानको धारा १७२ बमोजिम । उहाँलाई शपथ बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

कर्णालीमा आठ सदस्य कर्णाली प्रदेश मन्त्रिपरिषद् रहेको छ । आज मन्त्रीमा नियुक्त परियार नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक हुनुहुन्छ । गत चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएको १५ दिनपछि मुख्यमन्त्री कँडेलले आज मन्त्रिपरिषद् विस्तार गरेसँगै भोलि विश्वासको मत लिने जनाईएको छ ।

प्रतिकृया दिनुहोस्