OnlinePana

आज : २०८१ बैशाख २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ११, २०८१सुर्खेत
३० पटक

 ११ बैशाख २०८१, मंगलबार

सत्ता साझेदार दल नेकपा एमाले–माओवादी केन्द्रबीच मन्त्रालय बाँडफाँडमा सहमति भएपछि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिनु हुने भएको छ ।

मुख्यमन्त्री कँडेलले यही बैशाख १३ गते विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराउनुभएको हो । नेकपा माओवादी केन्द्रले दावी गर्दै आएका आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र जलस्रोत तथा उर्जा विकास मन्त्रालय दिने सहमति एमालेले गरेरसँगै माओवादी सरकारमा जाने भएको छ ।

माओवादीले चार मन्त्रालय प्राप्त गरेपश्चात् सरकार विस्तार हुने वातावरण बनेपछि मुख्यमन्त्रीले यही १३ गते विश्वासको मत लिने मिति तय भएको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक रनसिंह परियारले जानकारी दिनुभयो । “माओवादी केन्द्रबाट भोलि नै मन्त्रीहरु सरकारमा पठाउन हामी दलको बैठक बस्छौं,” उहाँले भन्नुभयो, “दलको बैठकले निर्णय गरेपछि मात्र मन्त्री को–को हुने भन्ने जानकारी दिन सकिन्छ ।”

नेकपा एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईले सरकार विस्तार तथा मन्त्रालय बाँडफाँडबारे सत्ता साझेदार दलबीच सहमति भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अब दुवै दलहरुमा आ–आफ्नो दलको बैठक बसेर सरकारमा मन्त्री पठाउने आन्तरिक गृहकार्य सुरु भएको छ ।” मुख्यमन्त्रीले १३ गते नै विश्वासको मत लिने मिति तय भएको उहाँले जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्