OnlinePana

आज : २०८३ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख ११, २०८१
३७६ पटक

११ बैशाख २०८१, मंगलबार

कर्णाली प्रदेश प्रमुख तिलक परियारले कर्णालीको भाषा हरेकले बोल्नैपर्ने वातावरण सिर्जना गर्नतर्फ जोड दिनुपर्ने बताउनुभएको छ ।

फ्युचर नेपाल र कर्णाली रिर्डस सोसाइटीद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली साहित्य महोत्सव’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विश्वभरि कहलिएका देशहरु सोच्ने र बोल्ने तरिकाबाट विकासित भएको बताउनुभयो । “जसले प्रविधिका माध्यमबाट सोच्ने तवरबाट बोल्ने भाषाको विकास गरे आज ती देशहरु नै अग्रभागमा छन्,” उहाँले भन्नुभयो, “तसर्थ सोच्ने, पढ्ने र बोल्ने तरिकालाई प्रविधिको सहयोग लिएर विश्वमाझ पुर्याऔं ।”

प्रदेश प्रमुख परियारले भन्नुभयो, “हिजोका पुर्खाहरुले दिएको योगदानका कारण विश्वका अगाडि सिंजा सभ्यता पनि प्रमुख सभ्यता मानिन्छ । अध्ययन तथा अनुसन्धान गर्दै जाँदा यसको इतिहास व्यापक पाउन सकिन्छ ।” कर्णाली कला, संस्कृति, भाषा, साहित्य र सभ्यताको जननी मात्र नभई विश्व मानचित्रमा चिनाउन पहिचानसहितको अस्तित्व बोकेको राष्ट्रगुरु योगी नरहरिनाथ जस्ता विद्धान जन्माउने प्रचुरु संभावनाको भूमि भएको उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्