OnlinePana

आज : २०८१ बैशाख २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ८, २०८१सुर्खेत
५७ पटक

 

८ बैशाख २०८१, शनिबार

कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार भएको बताउनुभएको छ ।

आज यहाँ आयोजित नेपाल पत्रकार महासंघ सुर्खेतको १२औं अधिवेशन तथा साधारणसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख परियारले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन प्रेस जगतको ठूलो भूमिका रहेको जनाउनुभयो । उहाँले समाजमा सुशासन कायम तथा लोकतन्त्रको रक्षा गर्न पत्रकारिता क्षेत्रको महत्वपूर्ण योगदान हुने बताउनुभयो ।

प्रदेश प्रमख परियारले भन्नुभयो, “नेपाल पत्रकार महासंघ छाता संस्था हो । यसले नेपाली जनताको त्याग, बलिदान र समर्पणबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न अँझ बढी भूमिका खेल्ने विश्वास लिएको छु ।” उहाँले नीति, नेतृत्व र समग्र राज्य व्यवस्थालाई सहि मार्गमा डोर्याउने गरी पत्रकारहरुलाई आफ्नो जिम्मेवारी पुरा गर्न अनुरोध गर्नुभयो ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले लोकतन्त्र र संघीयतामाथि भईरहेका टिप्पणीको विश्लेषण गर्न र आफ्नो कलमका माध्यमबाट यसको रक्षा एवं प्रवद्र्धनमा सहयोग पुर्याउन सुझाउनुभयो । लोकतन्त्रको विकल्प खोज्ने नभई यसको अभ्यास र कार्यान्वयनका क्षेत्रमा देखिएका कमीकमोजोरी सच्याएर अगाडि बढ्ने गरी पत्रकारले पृष्ठपोषण दिनुपर्ने उहाँको भनाई थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र शर्माले पछिल्लो समयमा पत्रकारिता क्षेत्रमा सामाजिक सञ्जाल ठूलो चुनौति बन्दै गएको बताउँदै यसलाई आकर्षण थलो बनाउने गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उद्योग बाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले पत्रकारिता क्षेत्रले खेलेको सकरात्मक भूमिकाले नै मुलुकको समृद्धि र विकासमा सहयोग पुगेको बताउनुभयो ।

त्यसैगरी, साधारणसभाको अवसरमा वर्ष पत्रकारिता कमल पन्त, शान्ति तथा विकास पत्रकारितातर्फ आकाशतारा बयक र रमेश रावल, क्रियाशील पत्रकारिताबाट ओमबहादुर शाही
युवा पत्रकारिताबाट नवीन सुवेदी खानेपानी तथा सरसफाइमा शेरबहादुर थापा र चन्द्रा कँडेल नन्दु गेलाङ्ग स्मृति पत्रकारिता पुरस्कारबाट डिलु रावत पुरस्कृत भएका थिए ।

साधारणसभामा आर्थिक तथा सांगठनिक प्रतिवेदन पेश गरिएको थियो । उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, सुर्खेत प्रहरी प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्का, पेशागत संगठनका केन्द्रीय, प्रदेश तथा जिल्लाका पदाधिकारी, महासंघका पूर्व अध्यक्षहरु लगायत करिब एक सय पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्