OnlinePana

आज : २०८१ बैशाख २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २९, २०८०सुर्खेत
४८ पटक

२९ चैत २०७०, बिहीबार

कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली विकास र समृद्धिको लागि आवधिक र स्थायी सरकार दुवै जुट्नुपर्ने बताउनुभएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आज बसेको तेस्रो अधिवेशनको सातौं बैठकमा आफ्ना धारणा राख्नुहुँदै मुख्यमन्त्री कँडेलले आवधिक र स्थायी सरकारको प्रभावकारी संयोजनद्वारा मात्र जनताका आशा पुरा गर्न सकिने बताउनुभयो । प्रदेशवासीको जनचाहनालाई पुरा गर्न स्थायी सरकारलाई सँगसँगै लान सकिएमा अपेक्षित परिणाम आउने उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो, “हिजो प्रश्न सोध्ने ठाउँबाट आज जवाफ दिने ठाउँमा आएको छु । जनअपेक्षा अनुसार विधेयक ल्याउनुपर्ने र केही निरुपण गर्नुपर्ने अवस्था छ । बिगतको तरिकाललाई सकेसम्म बदल्ने र रकमान्तर नगर्ने गरी बजेट ल्याउने कुरामा हामी सबैले आ–आफ्नो जिम्मेवारी पुरा गर्नैै पर्दछ ।” यस पटकको नीति तथा कार्यक्रम र बजेट जनसरोकारसँग सम्बन्धित आउने उहाँले बताउनुभयो ।

व्यक्ति अनुकूल भन्दा संस्थागत विकासमा सहयोग पुग्ने बजेट ल्याउने कुरामा मद्दत गर्न आग्रह गर्दै उहाँले सन्तुलित विकासको अवधारणा अनुसार आवश्यकताका आधारमा बजेट वितरण र योजना छान्ने काममा सबै प्रदेशसभा सदस्यहरुले सकरात्मक भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाई थियो ।

बजेट तर्जुमा योजना निर्माण र वितरण गर्ने प्रक्रियालाई व्यवस्थित बनाएर लैजाने बताउनुभएका मुख्यमन्त्री कँडेलले भन्नुभयो, “अब अलमल नगरी छिटो छरितो विकास योजना निर्माण गर्नुपर्दछ । कर्णालीमा विकासको सही संस्कृति स्थापित गर्दै लैजाने जिम्मेवारी काँधमा आएको छ । यसका लागि सबै सरोकारवालाहरुको सहयोग समर्थन आवश्यक छ ।”

नेपाली काँग्रेस प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मत विष्टले सरकारका सकरात्मक कार्यमा सहयोग गर्ने र गलत प्रवृतिका विरुद्ध सरकारको खबरदारी गरिरहने भन्दै मुख्यमन्त्रीलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक रनसिंह परियार र एकीकृत समाजवादीका प्रदेशसभा सदस्य कल्याणी खड्का र राप्रपाका प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री कँडेलाई बधाईसहित शुभकामना व्यक्त गर्नुभयो ।

 

 

प्रतिकृया दिनुहोस्