कोरपाटी संवाददाताचैत्र २८, २०८०चितवन भरतपुर
४२८ पटक

२७ चैत २०८०, मंगलबार
वाग्मती प्रदेश सरकारद्वारा आयोजित प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८० अन्तरगत चितवनमा जारी महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा कर्णाली विजयी भएको छ ।
मंगलबार चितवनको शारदानगर फुटबल मैदान भरतपुरमा सम्पन्न खेलमा लुम्बिनी प्रदेशलाई ४–० अन्तरमा कर्णाली प्रदेशले जित हात पार्न सफल भएको हो । उक्त खेलमा पहिलो करिश्मा रोकाय, दोस्रो भूमिका बुढाथोकी, तेस्रो सिवंगी स्नेही र चौथोमा ललिता भाटले गोल गरी उत्कृष्टता प्रदर्शन गरेकाे खेल व्यवस्थापक दिपेन्द्रविक्रम हमालले जानकारी दिनुभयाे ।
उहाँका अनुसार खेलमा म्यान अफ म्याच कर्णाली प्रदेशको भूमिका बुढाथोकी हुनुभएको छ । कर्णालीको अर्को खेल सेमीफाइनल यही २९ गते सुदूरपश्चिमसँग दिउसो ३ः०० बजे हुने महासचिव हमालले बताउनुभयो ।






