OnlinePana

आज : २०८२ बैशाख १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र २७, २०८०
१९४ पटक

२७ चैत २०८०, मंगलबार

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री पदका लागि नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले दावी पेश गर्नुभएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्री हुनका लागि सत्ता गठबन्धन दल नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी दलका नेताहरुको समर्थनसहितको हस्ताक्षर पत्र कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष पेश गरेसँगै प्रदेश परियारले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

कर्णाली प्रदेशसभा ४० सदस्यीय छ यद्यपि प्रदेश सरकार गठनका लागि २१ जना प्रदेशसभा सदस्य आवश्यक पर्छ । जसमा नेकपा माओवादी केन्द्र उपसभामुखसहित १३, एमालेका सभामुखसहित १० र एकीकृत समाजवादीका एक जना प्रदेशसभा सदस्यहरुको नेता कँडेललाई मुख्यमन्त्री पदका लागि दावी पेश गर्न समर्थन रहेको छ ।
त्यस्तै, नेपाली काँग्रेसका १४, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र एक÷एक प्रदेशसभा सदस्य रहेका छन् ।

प्रतिकृया दिनुहोस्