OnlinePana

आज : २०८३ जेठ १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २६, २०८०चितवन
११२८ पटक

२३ चैत २०८०, सोमबार

वाग्मती प्रदेश सरकारद्वारा आयोजित प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८० प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो दिनमा कर्णालीले बक्सिङमा जीत सुरुआत गरेको छ ।

पुरुषतर्फ आज चितवन भरतपुरको औधोगिक प्रदर्शन हलमा भएको बक्सिङ खेल प्रतियोगितामा कर्णालीका  पाँच खेलाडीहरुले जीत हात पारेका छन् । उक्त खेलमा ५१ केजी अन्तरगत कर्णाली प्रदेशका लक्ष्मण राईले गण्डकी प्रदेशका रोकी गुरुङसँगको प्रतिस्पर्धामा जीत हाँसिल गर्नुभएको टिम प्रशिक्षक भुवनसिंह ठकुरीले जानकारी दिनुभयो ।

त्यसैगरी, ६३ केजी अन्तरगत कर्णाली प्रदेशका प्रबल उप्रेतीले लुम्बिनी प्रदेशका मनसुब बस्नेतलाई, ७१ केजी अन्तगरत कर्णालीका दिलराज गुरुङले गण्डकीका निशान गुरुङलाई पछि पार्दै जित हात पार्नुभयो । ५४ केजी अन्तरगतको बक्सिङ खेल प्रतियोगितमा कर्णालीका जीवनकुमार पुनले सुदूरपश्चिम प्रदेशका पदमबहादुर कुँवरलाई हराउनुभएको प्रशिक्षक ठकुरीले बताउनुभयो ।

४८ केजी अन्तरगत कर्णाली प्रदेशका मोहन गुरुङले कोशी प्रदेशका फुङ्लाङ कामबाङ्लाई पराजित गर्नुभएको टिम प्रशिक्षक सन्दीप श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी पुरुषको साथै महिला प्रतियोगीहरुको खेल भोलि हुने छन् । बक्सिङ्मा कर्णाली प्रदेशले राम्रै प्रतिफल ल्याउने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्