OnlinePana

आज : २०८१ बैशाख २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही , चैत्र २४, २०८०जुम्ला,
७६ पटक

जुम्ला, चैत २४ गते , बत्तिको अभाव खेपि रहेको जुम्लामा पहिलो पटक करिब एक मेघावाट अर्थात ९९८ किलोवाटको चुकेनी जलविधुुत आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
पातारासी गाउँपालिकाको चुकेनी जलविधुत सहकारी संस्थाबाट सञ्चालित आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । चुकेनी जलविधुत सहकारी संस्थाका अध्यक्ष गोरबहादुर रावतका अनुसार निर्माण कार्य करिब अन्तिम चरणमा पुगेर पावर हाउसमा बत्ति वलेको छ । उहाँले बत्तिको काम अव अन्चिम चरणमा पुगेकाले जुम्ली जनताले आफ्नै उत्पादित बत्ति पातारासी गाउँपालिका सहित जुम्ला सदरमुकाममा बत्ति बाल्ने भएकोमा ढुक्क भएको बताउनुभयो । वैकल्पिक उर्जा प्राधिकरणको ६० प्रतिशत, पातारासी गाउँपालिकाका स्थानीय नागरिक तथा स्थानीय पातारासी गाउँपालिकाको सेयर लगानीमा उत्पादन भएको करिब एक मेघावाटको बत्ति जुम्लाको अहिले सम्मको ठूलो आयोजना हो ।

अध्यक्ष रावतका अनुसार वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको अनुदान रु २८ करोड ४४ लाख ३० हजार र स्थानीय नागरिक ,सरकार र प्रदेश सरकारको सेयर लगानी रु ११ करोड गरि ३९ करोड ४४ लाख ३० हजार रहेको छ । यस आयोजनामा रु पाँच करोड नेपाल सरकारको भूअ कर सहयोग सहित जम्मा लगानी रु ४४ करोड ४४ लाख ३३ हजार रहेको छ ।
अध्यक्ष रावतले यस भित्र चुकुनी जलविधुत आयोजनाको रु ६ करोड वैंक कर्जा , स्थानीय नागरिकको सेयर रु २ करोड ५० लाख, गाउँपालिकाको रु १ करोड तथा कर्णाली प्रदेस सरकारको रु एक करोड सहितको लगानी छ ।

पातारासीको काखमा निर्माण भईरहेको उक्त आयोजना फेवा कन्सल्टेन्स वुटवलले जिम्मा पाएको वैकल्पिक उर्जा नविकरणीय उर्जाका लागि जिविको पार्जन परियोजनाका फिल्ड संयोजक पृथ्वी शाहीले जानकारी दिनुभयो । उहाँले साईडमा काम गर्ने जिम्मा मेघा हाईडो« ईन्जिनियरिङ कम्पनी वुटवलले गरिरहेको छ । उहाँका अनुसार बजार लाईन पिएलसि कम्पनीबाट अर्का प्राविधिक आएपछि बजार लाईन पुग्ने भएको छ । उहाँका अनुसार निर्माण कार्यको विधुत गृहभित्रको म्यानुयल्लि सिस्टमको कार्य सम्पन्न भई पावर हाउसमा बत्ति बलेको हो । अव केही दिनमा अटोमेटिक सिष्टम शुरु हुन्छ । त्यस पछि बजार क्षेत्रमा बत्ति सप्लाईको काम गर्ने तयारी भईरहेको छ ।

जुम्लाको बहुचासोको बिषयको रुपमा रहेको उक्त विधुत आयोजना निर्माण कार्य अन्तिम चरण पुगेकोमा जुम्लावासी बत्तिमा प्रतिक्षामा छन् । विधुत आयोजनाको परिकल्पनाकार तथा पहलकर्ता पूर्वमन्त्री नरेश भण्डारीले चुकेनीले जुम्ली जनताको सानो सपना पुरा हुने भएको बताउनुभयो । उहाँले जुम्लाको पातारासी गाउँपालिका १ स्थिति चुकेनीको पावरहाउसमा विधुत परीक्षण सफलता पुर्वक सम्पन्न भएको बताउदै बजारको लाईन समेत वनि सकेकाले प्रतिक्षाको घटि समाप्त हुदैछ ।

साढे ३ बर्ष अगाडि पुर्वमन्त्री भण्डारीलेनै उक्त आयोजना शिलान्यास गर्नु भएको थियो । विधुत अभाव हुदा जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सहितका सरकारी सरकारी कार्यालयमा चरम समस्या भईरहेको छ । स्थानीय सरकारले समेत सो आयोजनाको निकै चासो राखेर समन्य गरिरहेको छ । गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले चुकेनी जुम्लाको गौरवशाली आयोजना भएकाले जुम्ला र पातारासी जनताको मुहारमा उज्यालो ल्याउने बताउनुभयो । चुकेनीमा स्थानीय सरकार, जिल्ला समन्वय समिति, स्थानीय प्रशासन, पत्रकार तथा पत्रकारको समेत अनुगमन हुदै आएको थियो ।

प्रतिकृया दिनुहोस्