OnlinePana

आज : २०८३ जेठ २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २३, २०८०सुर्खेत
३२९ पटक

२३ चैत २०८०, शुक्रबार

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले हरेक परिवर्तनको अगुवाई युवा शक्तिले गर्नुपर्ने बताउनुभएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज युवा परिषद नेपालद्वारा आयोजित ‘प्रदेश युवा सम्मेलन’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले मुलुकका सबैखाले आन्दोलन र परिवर्तनमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सूचना र प्रविधिलाई अवलम्वन गर्दै अब युवाहरुले समाजको विकासमा योगदान दिनुपर्दछ । बिगतवाट शिक्षा लिएर लिँदै अनुभव र शिक्षाको महत्वपूर्ण स्रोत मानिने पाको पुस्ताबाट सिकेर अगाडि बढ्नुपर्दछ ।”

युवा शक्तिविना मानव समाजको परिवर्तन असम्भव भएको बताउँदै मुख्यमन्त्री शर्माले राजनीतिक, आर्थिक, समाजिक, सूचना प्रविधिलगायत सबैखाले परिवर्तनको खम्बा युवा भएको जनाउनुभयो । मुख्यमन्त्री शर्माले भन्नुभयो, “संविधानमै समाजवाद उल्लेख गरेकोले युवाहरुले समाजवाद निर्माणका लागि नेतृत्व लिनुपर्दछ । युवा एकतामै शक्ति छ । तसर्थ मुलुक निर्माणको अगुवाई अब युवाले गर्नुपर्दछ ।

 

प्रतिकृया दिनुहोस्