OnlinePana

आज : २०८१ बैशाख २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २२, २०८०सुर्खेत
३५ पटक

२२ चैत २०८०, बिहीबार

कर्णाली प्रदेशमा सत्ता साझेदार दलहरुबीच कुरा नमिल्दा मुख्यमन्त्रीमा दावी पेश हुन सकेन ।

नेकपा एमाले र माओवादी केन्द्रबीच आज बसेको बैठकमा मन्त्रालयसहितका विभिन्न निकायको भागबण्डामा सहमति हुन नसकेपछि एमालेले मुख्यमन्त्री पदका लागि दावी पेश गर्न सकेन । नेकपा एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईंले मुख्यमन्त्री पदको लागि दावी पेश गर्न माओवादी केन्द्रले समर्थन दिन नमान्दा आज दावी पेश हुन नसकेको जानकारी दिनुभयो ।

“हामीले पहिला मुख्यमन्त्री पदको लागि दावी पेश गर्न समर्थन गर्न अनुरोध गर्यौंं,” उहाँले भन्नुभयो, “माओवादी केन्द्रका प्रदेशसभा सदस्यले मन्त्रालयसहित सबै निकायको भागबण्डा गरौं भन्ने अडान राख्नुभयो ।” यसमा कुरा नमिलेपछि मुख्यमन्त्री नियुक्तिमा ढिलाई भएको प्रमुख सचेतक पछाईलेले बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रनसिंह परियारले मुख्यमन्त्री नियुक्ति हुनुपूर्व सबै कुरा प्याकेजमै टुङ्ग्याउन कुरामा एमाले सहमत नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “मुख्यमन्त्री नेता यामलाल कँडेल नै बन्ने हो । नयाँ सरकार उहाँको नेतृत्वमा बन्ने नै छ र हामी समर्थन दिन पनि तयार छौं । यद्यपि प्याकेजमै सहमति गरौं भन्दा उहाँहरु मान्नु हुँदैन ।”

आजको बैठक सहमतिको टुंगोमा नपुगेपछि नेकपा माओवादी केन्द्रको दलको बैठक बसेर सामुहिक रुपमा दायित्व पुरा गर्ने जिम्मा मुख्यमन्त्री दलको नेता राजकुमार शर्मालाई दिइएको उहाँले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्