OnlinePana

आज : २०८१ बैशाख १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २२, २०८०जुम्ला,
३१३ पटक

जुम्ला चैत २३ गते,
व्यवसायी दुर्गा प्रसाईले जुम्लामा सहकारी तथा वित्तिय संस्थामा ऋण लिएका २० लाख मुनिको ऋण मिनाह गरिदिने आश्वासन गरेका छन् । उनले आफु जुम्लामा भोट माग्न नआएको तर ऋणबाट मुक्ति दिन आएको बताएका छन् ।

उनका अनुसार नेताहरुले जति कमाएपनि मेरो जति जोडन नसक्ने, जुम्लाबाट भोट मागेर जानेत तिला नदि काटेपछि विर्सिने गरेका छन् । उनले भने आफु जुम्लामा केही माग्न नआएको बताए । उनले लघुवित्त र सहकारीको २० लाखको ऋण मिनाह गराउछु भनेर आफु जुम्ला आएको बताउनुभयो । प्रसाईले जुम्ला कार्यक्रमका लागि लागेको जम्मा ३० लाख खर्चमा रु १५ लाख आफुले र रु १५ लाख रेणु शाहीले खर्चेको बताए ।

उनले आफु यो देशको प्रधानमन्त्री भईदिएको भए कर्णाली करिडोर ६ लेनको बाटो बनाउथे भन्दै सांसद ज्ञानबहादुर शाहीले आज यो मञ्चमा ६ लेनको बाटो बनाए भने भन्नु पर्ने हुन्थ्यो भन्ने आलोचना गरे प्रसाईले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एमाले पनि जनताको पक्षमा काम नगरेको आरोप लगाएका छन् ।

बजारीकरणका लागि प्रचण्ड र ओलीलाई मार्सीको खाना खुवाए :
यसैगरी व्यवसायी दुर्गा प्रसाईले जुम्ला पुगेर मार्सी चामलको बजारका लागि देशका दुई दिग्गज नेतालाई खाना खुवाएको बताएका छन् । जुम्लामा राष्ट्र,राष्ट्रियता, धर्म, सस्कृति र नागरिक बचाउ अभियानले गरेको कार्यक्रममा प्रसाईले आफु जुम्लामा नआएपनि माया गरेर मार्सीको खाना खुवाएको बताएका हुन ।

प्रसाईले मार्सी चामलको खाना किन खुवाए भनि जुम्लाका किसानहरुलाई राहात होस भन्ने उद्देश्यले मार्सी चामलको भोजन गराएको बताएका छन् । उनले एक अर्को प्रसंगमा २० लाख मुनीका ऋण लिएर पिडा भोगिरहेका नागरिकको ऋण मिनाह गर्ने आश्वासन वाडेका थिए ।

उनले पुर्व राजालाई समेत जताततै मछु भनेर हुदैन भनेर आलोचना गरेका छन् । तर उनले वोलिरहदा डिस्प्लेबाट पूर्व राजा र राजपरिवारको फोटो र तस्बिर प्रचार गरिएको थियो । एक दिन अघि प्रसाईका सहयोगीले होटल पौवामा गरेको पत्रकार भेटघाट गरेर कार्यक्रमको जानकारी गरेका थिए ।  तर गणतन्त्रपक्षधर नेताहरूले भने प्रसाईकाे झुटा आश्वाशन रहेकाे टिप्पणी गरेका छन् । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य डिल्ली प्रसाद काफ्लेले प्रसाई कुनै व्यक्तिकाे लट्ठी भएर आई रहेका टिप्पणी गर्नुभयाे । जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आचार्यले भाषण र वाेलिले अव केही नहुने बताउनु भयाे ।

 

प्रतिकृया दिनुहोस्