OnlinePana

आज : २०८१ बैशाख २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २२, २०८०सुर्खेत
९९ पटक

२२ चैत २०८०, बिहीबार

नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेल नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दावी पेश गर्नुहुने भएको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष दिएको लिखित राजीनामा स्वीकृत गरेसँगै सरकार गठनका लागि आह्वान गर्नुभएको थियो । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कर्णाली प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदका लागि उहाँले दावी पेश गर्न आह्वान गर्नुभयो । ।

प्रदेश प्रमुखको आह्वान अनुसार आज नेता कँडेलले सत्ता साझेदार दल नेकपा माओवादीको समर्थन लिएर मुख्यमन्त्री पदका लागि दावी पेश गर्ने गृह कार्यमा लाग्नुभएको नेकपा एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईले जानकारी दिनुभयो । उहाँका अनुसार अब केही समयमा दुई दलबीचको बसाई हुन्छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको नेताको समर्थन लिएर आजै प्रदेश प्रमुखसक्षम दावी पेश गर्न जान्छौं ।

ंकर्णाली प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री पदका लागि यही चैत २७ गते बेलुका ५ः५० बजेभित्र दावी पेश गरिसक्नुपर्ने समयसीमा तोकेको छ । प्रदेश प्रमुख परियारले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्ले नै कार्यसञ्चालन गर्ने गरी जिम्मेवारी तोक्नुभएको छ ।

प्रतिकृया दिनुहोस्