OnlinePana

आज : २०८३ जेठ १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २१, २०८०सुर्खेत
५९३ पटक

 २१ चैत २०८०, बुधबार

कर्णाली प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री पद दावी गर्न प्रदेशसभा सदस्यलाई आह्वान गर्नुभएको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेश प्रमुख परियारसमक्ष दिएको लिखित राजीनामा स्वीकृत भएसँगै नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कर्णाली प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदका लागि दावी पेश गर्न आह्वान गर्नुभएको हो ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखले भन्नुभएको छ, “मुख्यमन्त्री पदका लागि यही चैत २७ गते बेलुका ५ः५० बजेभित्र दावी पेश गरिसक्नुपर्नेछ ।” उहाँले अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्ले नै कार्यसञ्चालन गर्ने गरी जिम्मेवारी तोक्नुभएको छ ।

प्रतिकृया दिनुहोस्