OnlinePana

आज : २०८१ बैशाख २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २१, २०८०सुर्खेत
४९ पटक

 २१ चैत २०८०, बुधबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिनुभएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनअन्तरगत आज बसेको छैटौं बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गर्नुभएका मुख्यमन्त्री शर्माले आजै प्रदेश प्रमुख तिलक परियारसमक्ष राजीनामा पत्र बुझाउनुभएको हो । बदलिएको राजनीति परिवेशका कारण आफूले विश्वासको मत नलिई राजीनामा दिने निर्णयमा पुगेको उहाँले प्रदेशसभा बैठकमा जानकारी गराउनुभएको थियो ।

प्रदेशसभामा राजीनामा घोषणा गर्ने क्रममा आफ्नो नेतृत्वको प्रदेश सरकारले हालसम्म गरेका काम गरेको कार्य प्रगतिको समग्र विवरण उहाँले प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुभएको थियो । मुख्यमन्त्री शर्माले राजीनामा दिएर बाटो खुला गरेसँगै सत्ता साझेदार दलको केन्द्रीय सहमति अनुसार भएको निर्णय कार्यान्वयन हुनेभएको छ ।

केन्द्रीय सहमति अनुसार कर्णाली प्रदेश सरकारको नेतृतव अब नेकपा एमालेले गर्ने भएको छ । सत्ता साझेदार दलहरुको तर्फबाट नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेल कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री हुने पक्का भएको छ ।

प्रतिकृया दिनुहोस्