OnlinePana

आज : २०८१ बैशाख २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २१, २०८०सुर्खेत
७९ पटक

२१ चैत २०८०, बुधबार

कर्णाली प्रदेशमा सत्ता साझेदार नेकपा एमाले–माओवादी केन्द्रबीच सहमति जुटेको छ ।

सत्ता साझेदार दल नेकपा कर्णाली प्रदेश ईञ्चार्ज लेखराज भट्ट र प्रदेशसभा दलका नेता यामलाल कँडेल, माओवादी केन्द्रका कर्णाली प्रदेश ईञ्चार्ज कालीबहादुर मल्ल, नेता महेन्द्रबहादुर शाही र मुख्यमन्त्री राजकुमार शर्माबीचको लामो छलफल पछि सहमति जुटेको हो । उक्त सहमति अनुसार अब केन्द्रको निर्णय अनुसार सरकारको नेतृत्व नेकपा एमालेले गर्ने निश्चित भएको छ ।

मुख्यमन्त्री शर्माले आज बस्ने प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिने सहमति भएपछि अब नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्ने पक्का भएको छ । अब केही बेरमा मुख्यमन्त्री शर्माले प्रदेशसभामा सम्बोधन गर्ने कार्यसूची रहेको नेकपा (माओवादी केन्द्र) कर्णली प्रदेशसभा दलका प्रमुख सचेतक रनसिंह परियारले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्