OnlinePana

आज : २०८१ बैशाख २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २१, २०८० सुर्खेत
६४ पटक

२१ चैत २०८०, बुधबार

नेकपा (माओवादी केन्द्र)का नेता महेन्द्रबहादुर शाहीले सत्ता गठबन्धन दलको केन्द्रीय निर्णय कार्यान्वयन हुने बताउनुभएको छ । केन्द्रीय निर्णय अनुसार कर्णाली सरकारको नेतृत्व एमालेको भागमा परेको छ ।

मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा पत्र दर्ता भइसकेकोले संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिने अडानमा बसेपछि नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश ईञ्चार्ज कालीबहादुर मल्ल, नेता शाही र मुख्यमन्त्री शर्माबीच पनि मंगलबार मुख्यमन्त्री निवासमा पटक–पटक छलफल भयो । छलफलमा ईञ्चार्ज शर्मा र नेता शाहीले मुख्यमन्त्रीलाई केन्द्रीय सहमति मनाउन कोशिस गरे ।

पछि नेकपा एमालेका कर्णाली प्रदेश ईञ्चार्ज लेखराज भट्ट र दलका नेता यामलाल कँडेल मुख्यमन्त्री निवासमा पुगेपछि दुवै पक्षका नेताहरुबीच सघन छलफल भयो । छलफलले पूर्णता पाएन । तत्पश्चात् पनि बेलुका बसेको नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको बैठकले मुख्यमन्त्री शर्माले विश्वासको मत लिने निर्णय ग¥यो । यसले नेकपा एमालेलाई बढी झस्कायो ।

माओवादी दलको निर्णय भइसकेपछि नेकपा कर्णाली प्रदेश ईञ्चार्ज लेखराज भट्ट र प्रदेशसभा दलका नेता यामलाल कँडेल मुख्यमन्त्री निवास पुगेर नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश ईञ्चार्ज कालीबहादुर मल्ल, प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मुख्यमन्त्री शर्माबीच सहमति जुटाउने प्रयत्न गरे । यद्यपि विश्वासको मत लिनेमा मुख्यमन्त्री शर्माको अडान कायमै रह्यो ।

आज बिहानैदेखि दुवै दल छलफलमा जुटेपछि करिब करिब सहमतिको टुङ्गोमा पुगिएको नेता शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार अब भने केन्द्रको निर्णय कार्यान्वयन भएर जानेछ र त्यसको विकल्प पनि छैन । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहाँको उब्जेको समस्या समाधान गर्न मंगलबार नेता शाहीलाई कर्णाली पठाउनुभएको थियो ।

अब भने मुख्यमन्त्री शर्माले विश्वासको मत लिएर राजीनामा दिने या त्यसभन्दा पहिला एमालेलाई मुख्यमन्त्रीका लागि बाटो खुला गर्ने भन्नेमा दलको बैठक बसिरहेको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक रनसिंह परियारले जानकारी दिनुभयो । “छलफलले के निर्णय दिन्छ त्यसबारे आधा घण्टापछि सुचना गर्छौं,” उहाँले भन्नुभयो, “बैठक सकिए लगत्तै सदनमा जाने तयारी पनि भएको छ ।”

प्रतिकृया दिनुहोस्