OnlinePana

आज : २०८१ बैशाख २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २०, २०८०सुर्खेत
४९ पटक

 २० चैत २०८०, मंंगलबार

नेकपा (माओवादी केन्द्र) कर्णली प्रदेशसभा दलको बैठकले मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने निर्णय गरेको छ ।

आजको बसैको दलको बैठकले बुधबार विश्वासको मत लिने निर्णय गरेको हो । सत्ता गठबन्धन दलको केन्द्रीय सहमति अनुसार कर्णालीमा सरकारको नेतृत्व नेकपा एमालेलाई दिने निर्णय भएपनि कर्णालीमा सरकार गठनमा जटिलता सिर्जना भएको छ । वर्तमान प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादीले केन्द्रीय सहमतिले मानमर्दन गरेको भन्दै केन्द्रले गरेको निर्णयप्रति आपत्ति जनाएको छ ।

माओवादी केन्द्र प्रदेशसभा दलका प्रमुख सचेतक रनसिंह परियार मुख्यमन्त्री शर्माले भोलि विश्वासको मत लिने बताउनुभयो । “विश्वासको मत लिने प्रक्रिया अगाडि बढिसकेकोले सत्ता साझेदार दलहरुको तर्फबाट भोलि विश्वास लिन्छौं,” उहाँले भन्नुयभयो, “त्यसपछि मात्र केन्द्रको सहमतिको मर्म र निर्णय बमोजिम सत्ताको नेतृत्व जसले पाउने भनेको छ, उसलाई दिने निर्णय भएको छ ।”

उहाँले केन्द्रको सहमति विपरीत काम नहुने तर विश्वासको मत लिएर मात्र सत्ता हस्तान्तरण गर्ने जनाउनुभयो । माओवादी दलको निर्णय भइसकेपछि नेकपा कर्णाली प्रदेश ईञ्चार्ज लेखराज भट्ट र प्रदेशसभा दलका नेता यामलाल कँडेल मुख्यमन्त्री निवास पुगेर नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश ईञ्चार्ज कालीबहादुर मल्ल, प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मुख्यमन्त्री शर्माबीच सहमतिका लागि आन्तरिक छलफल भईरहेको जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस्