OnlinePana

आज : २०८१ बैशाख १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २०, २०८० सुर्खेत
४२६ पटक

२० चैत २०८०, मंंगलबार

राष्ट्रिय स्वतन्त्र पार्टीका कर्णाली प्रदेश संयोजक खम्बराज थानीले रास्वपालाई जनताको ईन्द्रेणी बनाउने बताउनुभएको छ ।

नवनिर्वाचित प्रदेश समितिसँगको ‘परिचयात्मक तथा सुझाव संकलन’का लागि मंगलबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘पत्रकार भेटघाट’कार्यक्रममा बोल्दै संयोजक थानीले रास्वपाले कसैको आलोचनामा समय नखर्चिने बताउनुभयो । “रास्वपा जनतामा सुशासन र विकास चाहान्छ,” उहाँले भन्नुभयो, “हामीले यसलाई जनताको ईन्द्रेणी बनाउने लक्ष्य राखेका छौं ।”

समयलाई चिन्न नसक्दा पाखा लागिने जनाउँदै संयोजक थामीले रास्वपाको मूल सिद्धान्त संविधानवाद भएको जिकिर गर्नुभयो । ठूलै सिद्धान्त अंगालेकाहरुको हालत यो देशमै देखिएको व्यंग्य गर्दै उहाँले आफ्नो पार्टीमा घुसखोर, शुद्धखोर, गुण्डा, ठेकेदार, दलाल, विचौलियाहरुलाई प्रवेश नदिने बताउनुभयो ।

उहाँले पार्टीको तीन महिने कर्णाली प्रदेश विशेष अभियान तथा देशव्यापी संगठन विस्तारमा रास्वपा हिडिरहेको जनाउनुभयो । रास्वपा रुकुमपश्चिमका अभियान संयोजक मानबहादुर शाहीले राजनीति पेशा नभई समाज सेवा हो भन्ने भाष्य संस्थागत गर्ने जिकिर गर्नुभयो । अहिले दलहरुले राजनीतिककर्मी जन्माएको टिप्पणी गर्दै उहाँले रास्वपा समाजको नेता जन्माउने अभियानमा जुटेको बताउनुभयो ।

रास्वपाकै अर्का सदस्य पुस्तक चन्दले मुलुकका ठूला पार्टीहरुबाटै रास्वपामा आउने लहर चलेको बताउनुभयो । वैकल्पिक शक्तिका रुपमा उदायको रास्वपा नवयुवाहरुको आकर्षण केन्द्र बन्दै गएको बताउनुभएका चन्दले पार्टीले विशेषगरी कर्णाली प्रदेशलाई प्राथमिकता राखेर अभियान अगाडि बढाएको जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्